जन आकाश
नेपाली नारीहरुको महानपर्व तीज आज देशभर मनाइदै छ । यस पर्वलाई हिन्दु नारीहरुको तीज भनेर विगतमा भनिदै आएकोमा आजको समय र नेपाली सदभावको सस्कारले, नेपाली नारीहरुको धार्मिक सहिष्णुता कायम गरेर मनाउने सस्कारको रुपमा विकास भएको छ । यो राम्रो पक्ष हो । जुनसुकै देशका मानिसहरुले मनाउने पर्व, धर्म, गर्ने कर्म नै त्यस देशको परिचय हुन्छ । त्यस्तै नेपाल अन्य विषयमा जे जस्तो भएपनि सांस्कृतिक रुपमा धनि भएको देश मानिदै आएको छ ।
विविध जातजाति रहेको नेपालमा एक अर्को जाति समुदायले अर्को जाति समुदायले मनाउने धर्म,पर्व, सस्कृतिको सम्मान गर्दै सभ्य समाजको निर्माणमा टेवा दिदै आएका छन् । यो सदभाव नेपाली संस्कृति प्रतिको विश्वास नेपाली समाजको लागि अझै राम्रो पक्ष हो ।
नेपाल देशमा विश्व मानव जगतमा आएको चेत सुविधाको यन्त्र प्रयोग गरेर एकठाउँवाट अर्को ठाउँ सहजै जान सक्ने यन्त्रहरुको विकास र सहजै आफ्नै तरिकाले पनि मानिस बाच्न सक्ने र प्रविधिको विकासले एकठाउवाट अर्को ठाउँमा गएर बस्छु त्यहाको भाषा, संस्कृति नमिलेपनि प्रविधिको प्रयोगले सजिलो बनाउदै लगेको समयमा केही केही आशिंक विदेशी संस्कृतिले प्रभाव पारेर उत्ताउलो, भड्किलो र खर्चिलो तीज बनेको भएपनि समग्रमा सभ्य, संस्कृतिको रुपमा मनाउने चलन नै नेपालमा रहदै आएको छ । यो नेपालीहरुको लागि गौरवकै विषय हो ।
नराम्रा पक्षहरु शुरुवात हुनु भनेको भोलिका दिनमा त्यस्ता नकरात्मक बिषयहरु बढ्छन् भन्ने संकेत हुन् । त्यसकारण नेपाली संस्कृतिलाई सभ्य संस्कृतिको रुपमा मनाउनु सभ्य र मानव जगतको पक्षमा हुने गरी मनाउनु मानव हितमा व्यवहारिक जीवनमा सस्कारयुक्त बनाउने तरिकाहरु विगतका राम्रा पक्षलाई निरन्तरता र नराम्रा पक्षलाई हटाउदै नयाँ आएका सकरात्मक सस्कारयुक्त लागेका र नकरात्मक रुपमा झागिन खोजेका संस्कृतिको घेराभित्र छिरेर गरिने छाडा व्यवहारलाई निरुत्साहित गर्दै नेपाली सभ्य संस्कृतिमा सवैले जोड दिनुपर्छ ।
ताकी यो तीज नेपाली नारीहरुको पर्व भएपनि यसमा नेपाली पुरुषहरुको पनि उत्तिक्कै भूमिका जोडिएको हुन्छ । कस्ता कस्ता कार्य, सस्कार, रिती , परम्परा र आफ्नो परिवारको चाल, चलन कुन अवस्थामा छ । यस्तै पर्वहरुमा नजिकवाट हेर्ने अवसर प्रप्त हुनेहुदा नारीले नजानेका कुरालाई सिकाउने र आफैले नजानेका बिषय रहेछन् भने सिक्ने र व्यवहारमा लागु गर्ने चलनको शुरुवात गर्न सक्नुपर्छ ।
समग्र मानवीय व्यवहारमा लागु हुने सामुहिक पक्षहरु नै मानवका सभ्य संस्कृतिहरु हुन् । यसरी समग्र मानव हितमा प्रयोगमा आउने तरिकाले सु सभ्य संस्कृतिको पक्षमा रहेर तीज मनाउनु नै नेपाली समाजको हितमा हुन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend