logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नाडा इभि एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न


  • जन आकाश
  • शनिबार, भाद्र १८ २०७९

 



काठमामडौ । नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको NADA EV Expo 2022 को तयारी तिब्र गतिमा अगाडी बढीरहेको छ । चार पाँग्रे, तिन पाँग्रे दुई पाँग्रे विद्युतिय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ । यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनीहरु समेतगरी कूल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएको छ । ।

काठमाण्डौको भृकुटी मण्डपमा मिति २०७९ असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने NADA EV Expo 2022 मा सहभागी हुने कम्पनीहरुको लागि लक्की ड्र कार्यक्रम मितिः २०७९ भाद्र १७ गते टेकु स्थित आफनै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिएका हुन् ।

उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष धु्रव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेतको उपस्थिति रहेको थियो ।

लक्की ड्र नाडाका अध्यक्ष धुब्र थापाले छानेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend