जन आकाश
काठमाडौं । एक्टिभ ईन्टरटेनमेन्टले आयोजना गरेको एक्टिभ डान्सिङ स्टार प्रतियोगितामा १२ बर्षभन्दा मुनिका समूहमा दृष्टि मानान्धरले ट्रफी उचालेकी छन् भने त्यसैगरी १२ बर्षभन्दा माथि उमेर समूहमा दृष्टि र सिजल महर्जनले उपाधि जितेकी छन् ।
जुनियर समूहमा इशानी कुलुङ दोस्रो, परेसा खड्का तेस्रो भएकी छन् भने अनुसाशनमा ग्रीष्मा थापामगर, अभिव्यक्तिमा प्रेन्सा श्रेष्ठ,पोशाकमा रितु लामा रहेका छन् ।
१२ बर्षभन्दा माथि सिनियरमा नरेस सुनाम दोस्रो, लाक्पा शेर्पा तेस्रो, अनुसाशनमा सारदा वान्तवा, अभिव्यक्तिमा ममता वली, पोशाकमा ओशीका केसी, उत्कृष्ट नृत्य उज्वल थापा, जुरी अवार्डमा प्रीन्स राहादी रहेका छन् ।
उक्त विजेताहरु बिभिन्न चरणमा पार गरी फइनलमा आइपुगेका हुन् । फाइनल प्रतियोगिता बालाजु माछापोखरी स्थित नागार्जुन पार्टी प्यालेसमा भएको थियो ।
कार्यक्रमको सभापति एक्टिभ ईन्तरटेनमेन्टका अध्यक्ष बिजेन्द्र नौवागेले गरेका थिय भने प्रमुख अतिथि खानेपानि मन्त्रालयका सचिव शशि कुमार लम्सालको रहेका थिय ।
एक्टिभ डान्सिङ स्टारको फाईनल कार्यक्रममा निर्णयकको भुमिकामा नायक शितल के.सी. चलचित्र निर्देशक अमर वली , भुवन श्रेष्ठ रहेका थिए ।
अतिथिहरुमा निर्देशक तथा भिडियो सम्पादक कोचेनेपाल मिडियाका अध्यक्ष प्रेम शर्मा पौडेल, मिलन आले चलचित्र र्निदेशक, कमल खड्का कलाकार, हरिचन्द्र फुयाँल कलाकार, दुर्गा लम्साल समाजसेवी, चर्चित गायक तिलक बस्नेत लगायत कार्यक्रममा अतिथि रहेका थिए ।
१२ बर्ष भन्दा कम उमेरका र १२ बर्ष भन्दा बढी उमेरका लाई २ समुहमा बिभाजन गरेर प्रतिस्पर्धा गराई प्राप्त अंकको आधारमा प्रथम ,दोस्रो र तेस्रो घोषणा गरिएको थियो ।
कार्यक्रमको सन्चालन बिजेन्द्र नौबागे आफैले गरेका थिए । कार्यक्रमको बीच बीचमा गायक तिलक बस्नेतले गीत गायर दर्शकहरुलाई नचाएका थिए । ब्यबस्थापन सुनिता थापा , दुर्गा शर्मा थापा , अशोक नौबागे , धिरज नौबागेले गरेका थिए ।
मिडिया पार्टनरको रुपमा जनआकाश साप्ताहिक तथा जनआकाश मिडिया रहेको थियो । मिडिया पर्टनरमा व्यानरमा नाम लेखेर धेरैको प्रचार गरिएको भएपनि कुनैपनि मिडिया त्यहा उपस्थित थिएनन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend