जन आकाश
काठमाडौ महानगरपालिका विगत ४ महिनादेखि फोहोरको गन्धले मानिसहलाई सताइरहेको छ । भने कतिपय मानिसहरुले फोहोर बाहिर ननिकाल्न महानगरपालिकाले दिएको आदेशलाई पालना गरेर घरभित्र नै ४ महिना अघिदेखि जम्मा गरेर राखेको फोहोरको मात्र बढेर त्यसलाई व्यवस्थापन गर्न समस्या हुदै गएको छ । हुनत अहिले पछिल्लो समय फोहोर व्यवस्थापनको लागि विगतको जसरी नै काठमाडौ महानगरवाट उठाएका फोहोर सिसडोल र बन्चरे डाडामा पुनः फाल्न शुरु गरिसकेको छ । तर गएको ४ महिनादेखि थुप्रियर रहेको फोहोरलाई एकैपटक व्यवस्थापन गर्न अहिले पनि कठिन भइराखेको छ ।
बिभिन्न चोकहरुमा काला प्यलाष्टिकमा ठुला ठुला पोकामा जम्मा गरिराखेका फोहोरहरु बाहिर निकाल्न थालेका छन् । काठमाडौ महानगरपालिकाका बासिन्दाहरुको भनाईलाई आधार मान्दा फोहोर जम्मा गर्दै राखेको तर फोहोर खुलेपछि पनि महानगरले चोकचोकमा रहेको फोहोर मात्र उठाएको घरघरमा जम्मा गरेको फोहोर लिन नआएको हुनाले ठुला ठुला फोहोरका पोकाहरु बोकेर चोकमा पु¥याउन कठिन भएको बताउने गरेका छन् । यतापटी महानगरपालिकाले चासो दिएको छैन ।
काठमाडौ ४ महिनादेखि थुप्रिएको फोहोर र दुगन्धले काठमाडौ फोहोरमाण्डौमा परिणत हुदै गएको छ । यस्तै काठमाडौ उपत्यकाको स्वरुप नै बदल्ने गरी थुिप्रयको फोहोरको रुपले बिकराल रुप लिदै आउदा दिनमा काठमाडौ उपत्यका फोहोर माण्डौमा परिणत हुदै जाने र काठमाडौ उपत्यकामा बसोबास गर्ने मानिसहरुमा बिभिन्न खालका रोग उत्पन्न भइरहेको छ । यसरी काठमाडौ फोहोर र रोग उत्पादन गर्ने शहरको रुपमा चित्रित हुन गइराखेको प्रति सवैको चिन्ता बढेको छ ।
महानगरपालिकामा स्वतन्त्र उम्मेद्धारले जितेपछि फोहोर व्यवस्थापन, खानेपानी र ढल निकास मूख्य काम गर्ने चुनावभन्दा अगडी बताउने बालेन्द्र शाहले उक्त समस्या ४ महिना वितिसक्दा पनि कामले आसालाग्दा परिणाम दिन सकेको छैन । अरुत परको कुरा फोहोरको समस्या मात्र पनि सावधान गर्न सकेका छैनन् ।
त्यसैले काठमाडौ शहर फोहोरमाण्डौमा परिणत भइरहेको दृष्य जताततै चोक चोकमा थुप्रियका फोहोरले फोहोरमाण्डौकै कथा बोकिरहेको छ । काठमाडौ शहरलाई हेर्नलायक बनाउन फोहोको समस्या सावधान गरेर समान्य नागरिकहरु पनि काठमाडौ शहरमा बाच्न सक्छन् भन्ने बनाउन सवैको भुमिका रहनु पर्छ ।
तर त्यस्तो काम भइराखेको देखिदैन । काठमाडौ शहरलाई फोहोरमाण्डौ नबनाऔ । सफा शहर बनाऔ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend