जन आकाश
हो, उसँग पैसा थिएन, बिहान बेलुकाको छाक टार्न मुश्किल थियो ।सानैदेखि न्याय र समानताको लागि निरन्तर संघर्षको अग्रिम मोर्चामा आफूलाई होम्न चुकेजस्तो लाग्दैन उ । चाहे पञ्चायतको अन्त्यको लागि गरिएको संयुक्त संघर्ष होस् वा गणतन्त्रको निम्ति गरिएको संघर्ष, कालापानीको टिङ्करबाट भारतीय सेना फिर्ता गराउन दवाब दिने अभियान,सिमासुरक्षा अभयान वा ऋतिकरोशन काण्ड, आरके मल्कोनी अभिब्यक्ति बिरोध आन्दोलन, महङ्गी बिरोधी लगायत जनसरोकारका विषयका सयौं आन्दोलन, शिक्षकर कर्मचारीका सेवा सुविधा थपको आन्दोलन,शैक्षिक स्तर उन्नत र सुधार, यातायात –स्वास्थ्य लगायतमा विद्यार्थीलाई ५० प्रतिशत छुट हुनुपर्छ भन्ने आन्दनेलन,रोजगारी प्राप्ति सहित नेपालका राजनीतिक दल र न्यायप्रेमी संघ÷संगठनले आयोजना गरेको हरेक आन्दोलनको मोर्चामा छुटेजस्तो लाग्दैन उ । अलिअलि शैक्षिक योग्यता पनि त थियो र छ उसँग ।
उसले सहि र गलतको भेद छुट्याउन सक्थ्यो र अझै सक्छ, त्यसैले उसको पछाडि सानै समुह मात्र भएपनि निरन्तर सहि विचारलाई साथ दिन्छ । ठूला नेताकोमा धाउदैन, कसैको खुट्टा मोल्न जान्दैन उसले र त उ सधैं अभावमा जिउन विवश छ । राजनीतिक नियुक्ति, संसदिय क्षेत्रका सुविधाको लागि नेताको नजर उतिर कहिल्यै परेको थाहा छैन । कार्यकर्ता र जनताको बीच नरम र मिजासिलो उ ३० वर्ष पहिले टीबी लाग्दा वा १० वर्ष पहिले मुटुको उपचार गर्न वासाना मझाौला रोग लाग्दा पनि जन सहयोगको भरोसामा रहने उसको जीवन कति उराठ र कहाली लाग्दो छ । चाडपर्वमा मीठो खान र नयाँ पहिरनमा अरु साथीसंगीतिर नजर लाउन पर्ने अशक्त कठै उसको जीवन ! समयले यतिधेर फड्को मारिसक्यो तर उसको हालत जहिंको तहिं छ । सन्तानलाई शिक्षा, परिवारका इच्छा त खै कस्तो हाला, मैले के भन्न सक्नु र ! अस्ति पनि बाटोमा भेट भएको थियो, खुट्टा खोच्याउदै हिड्दैथियो, मैले कता हो कमरेड ? भनेर सोधें, नागरिकता विधेयक विरोधी आन्दोलनमा भन्दै माइतिघर मणडलातिर हानिदै थियो ।
दलको नेताको नजरमा कहिले नपर्ने त्यस्ता कार्यकर्ता र आधारभुत तहका जनताको प्रारम्भिक समस्या समाधानको ढोका नखोलेसम्म कहाँका राष्ट्रियता मजबुत हुन सक्छ र ( ? ) अनि कसरी समृद्ध नेपालको कल्पना साकार हुनु र ? हुनेखोने र सुकिलो लाउनेको ठाउँबाट हैन , हुँदा खानेको तहबाट नीति निर्माण गरे सम्बन्धित दल र मुलुकको हित हुनेथियो कि !!!
कृष्ण राना नेकपा (माले)का स्थाई कमिटी सदस्य हुन उनले सामाजिक सञ्जालमा लेखेको विचारलाई समय सान्दर्भिक लागेर महत्व दिएका छौ । स.
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend