जन आकाश
काठमाडौ उपत्यकाको डेगुको संक्रमण डरलाग्दो अवस्थामा फैलिएको छ । डेगु फैलनुको मुख्य कारण उपत्यकामा ४ महिनादेखि थुपारिएको फोहोरको दुगन्ध र ति र्दुगन्धमा धेरै भन्दा धेरै लामखुट्टे उत्पादन भई फोहोरमा बसेका लामखुट्टे मानिसमा आई टोक्दा त्यो लामखुट्टेले टोकेका मानिसहरुलाई डेगु लागेको र नदी आसपासका क्षेत्रहरुमा इनार, पम्पवाट निकालिएका पानीमा खोलाको फोहोर पानी ओभरफ्लो भयर खानेपानीमा मिसिएको कारणलाई स्वस्थ्य विभागले मुख्य कारणको रुपमा लिएको छ ।
यस्ता समस्याहरु आइसकेपछि काठमाडौ, भक्तपुर, ललितपुर जिल्ला जनस्वास्थ्य कार्यलयहरुले यस्ता रोगसँग लड्न सवै खालका उपायहरु अपनाएका छन् । तर डेगुको नियन्त्रण हुन सकेको छैन । फैलदै गएको छ । निउनिकरण भएको छैन । यो समस्या काठमाडौमा ४ महिनादेखि थुप्रिएको फोहोर राम्रोसँग व्यवस्थापन नगरुन्जेलसम्म समस्याको सावधान नहुने सम्बन्धित निकायहरुले बताउदै आएका छन् ।
सामान्य सावधानका उपायहरु अपनाइए पनि फोहोर व्यवस्थापन नगरेसम्म डेगु, झडा, पखाला जस्ता समस्याहरु काठमाडौ महानगरपालिका र यसका आसापासका क्षेत्रहरुमा कमी आउने देखिदैन । केही हप्ता अगाडी देखि उपत्यकाको फोहोर उठाउन थालिएको भएपनि त्यसले अहिलेसम्म पुर्णत पाइसकेको छैन । अहिले पनि सडकका पेटीहरुमा चोकमा फोहोरको थुप्रो रहेका छन् । कतिपय चोकमा विगत चार महिना अगाडी देखि आफ्नै घरमा केमिकल प्रयोग गर्न जान्ने जतिले घरमै राखेका फोहोरहरु अहिले चोक चोकमा ल्याई फाल्न थालेका छन् । यसो गर्नु कारण टोलटोलमा फोहोर लिन आउने र पैशा उठाउन महिनै मिछे आउने ठेकेदारहरुले अझै फोहोर उठाउन टोलटोलमा आएका छैनन् ।
यस्ता फोहोरहरुले नजिकिदै आएको नेपालीहरुको मुख्य पर्व विजया दशमीको समयमा रोग फैलाउने सम्भावना बढी छ । नेपालीहरुले दशैका केही तिथिहरुमा बिभिन्न मठमन्दिहरुमा बलि दिने प्रचलन छ । जाहा बलि दिएपछि सार्वजानिक स्थलमा नै प्रसाद पकायर बाड्ने चलन छ । सार्वजानिकस्थलमा अर्थात खुल्ला ठाउहरुमा फोहोरका किटाणुहरु आउने प्रसादको रुपमा प्रयोग गरिने खानेकुरामा किटाणु टासियर मानिस खाएका खानेकुरावाट पेटमा पुगेर मानिसलाई रोग लाग्ने सम्भावना बढेर गएको छ ।
त्यसैले दशैभन्दा अगावै सम्बन्धित निकाय महानगरपालिकाले फोहोरको व्यवस्थापन प्रथामिकतामा राखेर काम गरोस् । उपत्यका बासीहरुको मौलिक संस्कृति, चाड पर्वको आस्था, विश्वसलाई संक्षण र सम्बर्धन गर्न र नागरिकहरुको स्वस्थ्य सुरक्षा गर्न महत्वपूर्ण भुमिका खेल्नुपर्छ । त्यो काम एक्शनको रुपमा रुपमा लागेर जनस्वस्थ्यमा समस्या आउन नदिन काम गरोस् । तदारुकताका साथ यो फोहोर व्यवस्थापनको काम नगर्ने हो भने अरु पनि रोगहरुले महानगरपालिकालाई सताउन सक्छ । बालेन्द्रले काठमाडौ महानगरका जनतासँग फोहोर व्यवस्थापन र खानेपानी, ढलको बाचा गरेर निर्वाचनमा गएको हुनाले फोहोर व्यवस्थापन हुन नकसेकमा जनस्वस्थ्यमा असर त नागरिकहरुमा पर्छ नै मेयर बालेन्द्र पनि असफलको कालो टिका लगायर ५ बर्षमा बिदा हुनुपर्ने दिन आउछ । त्यसकारण समयमा नै ध्यान दिनु उचित होला ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend