logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछाप संस्कृतिक साझ असोज ९ गते कोटेश्वरमा हुने


  • जन आकाश
  • आइतबार, असोज २ २०७९

मोहन कार्की ।
काठमाडौ । “रामेछापको सान कला संस्कृति हाम्रा पहिचान” भन्ने मुल नाराका साथ रामेछाप संस्कृतिक कलाकार समाजले आयोजना गर्न लागेको रामेछाप संस्कृतिक साझ यहि २०७९ असोज ९ गते काठमाडौको एवान पार्टी प्यालेस कोटेश्वरमा दिउसो ३ बजेवाट हुने भएको छ ।



यस कार्यक्रमको जानकारी दिदै रामेछाप संस्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले भने“ रामेछापवाट काठमाडौ आई बिभिन्न पेशा, व्यवसायमा आवद्ध रामेछापका नागरिकहरुलाई नेपालीहरुको महान पर्वको अवसर पारेर कार्यक्रम गर्न लगेका हौ । यस संस्थाले आयोजना गर्ने कार्यक्रममा कुनै पार्टी, जाति, भाषाको रुपमा कसैलाई नछुटाइने रामेछाप जिल्लाका सवै रामेछापबासीहरुको साझा संस्था भएको हुनाले सवै रामेछापवाट काठमाडौ आई बसोबास गरिरहनु भएका दाजुभाई, दिदीबहिनीहरुलाई यसै जनआकाश मिडियाको समाचारलाई आधार मानेर पनि कार्यक्रममा उपस्थिति भई मनोरञ्जनको भरपुर फाइदा उठाउनु हुन अनुरोध छ । ” अध्यक्ष कार्कीले अनुरोध गरेका हुन् ।

कार्यक्रमा रामेछापका ख्यातिप्रप्त गायक, गीतकार, मोडल, कलाकारहरुको उपस्थिति रहने पनि अध्यक्ष कार्कीले कुराकानीकै क्रममा जानकारी दिएका छन् ।

उक्त कार्यत्रमको मुख्य प्रयोजक गोर्खा बुअरी रहेको छ भने सह प्रयोजक सफ्टी पेपर इन्डष्ट्रिज प्रा.लि. रहेको छ । भने मिडिया पार्टनरको रुपमा जनआकाश मिडिया प्रा.लि.अन्र्तगतको जन आकाश साप्ताहिक, हजुरको रेडियो रामेछाप, रामेछाप पोष्ट साप्ताहिक, तामाकोशी अनलाइन, लगायत रहेका छन् ।

२० भन्दा बढी संस्थाहरुले कार्यक्रमलाई सहयोग गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend