logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाली लघु चलचित्र भाउ बेलायतको एक फिल्म फेस्टिभलमा छनोट


  • जन आकाश
  • मंगलबार, असोज ४ २०७९

नेपाली लघु चलचित्र भाउ बेलायतको एक फिल्म फेस्टिभलमा छनोट



काठमाडौ । नेपाली लघु चलचित्र भाउ (कस्ट् अफ लिभिङ) बेलायतको फस्ट टाइम फिल्म मेकर सेशन्स एट् पाइनउड स्टुडियोजको छनोटमा परेको छ । उक्त चलचित्रमा करियर बनाउन चाहने जो कोहीको लागि लन्चप्याड सिर्जना गरि खोलिएको लिफ्ट अफ ग्लोबल नेटवर्कको सदस्यहरूको साइट हो ।

लामो समयदेखि चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरेका कलाकार सुवास प्रसाद गजुरेलले यस लघु चलचित्रमा मुख्य कलाकारको रुपमा भूमिका निर्वाह गरेका छन् भने अन्य कलाकारहरु सुजिता शाह, रेनुका कार्की र सुमन थापाले पनि अभिनय गरेका छन् । काठमाडौं र भक्तपुरमा छायांकन भएको लघुचलचित्र भाउ को लेखन तथा निर्देशन रंगकर्मी तथा सञ्चारकर्मी समेत रहेका मोहन अभिलाषीले गरेका हुन् ।

लघु चलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् भने सहायक निर्देशन करण साउदले गरेका छन् । कवाडी वालाको कथा रहेको लघु चलचित्र भाउमा मानिसको जीवनको मूल्य र मानिसको जीवन यापनको लागि हुने लागत लाई दर्शाउन खोजिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend