जन आकाश
काठमाडौ । नेपाली अटोमोवाइल व्यवसायीहरुको छाता संगठन “नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल”को आयोजनामा नेपालमा नै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु –ह्विलर “नाडा इभि एक्स्पो“ यहि आश्विन ६ गते देखि ९ गते सम्म भृकुटी मण्डप, प्रदशनी हलमा आयोजना हुने भएको छ ।
उक्त “नाडा इभि एक्स्पो“ चलिरहेको समयमा नै आश्विन ७ गते देखि ९ गते सम्म प्रत्येक दिन दिउसो २ बजे देखि ४ बजे सम्म USAID को सहकार्यमा नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको आयोजकले जानकारी दिएको छ । तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने छ । इभि चौतारीको पहिलो दिन २०७९÷०६÷०७ गते EV technology & ecosystem को बारेमा छलफल हुनेछ भने दोस्रो दिन २०७९/०६/०८ गते Financial Aspects of EV को बारेमा विभिन्न विज्ञहरु ले आ–आफ्नो धारणा राख्ने र अन्तिम दिन २०७९/०६/०९ गते Policies for Promoting EVs भन्ने बिषयमा छलफल हुने आयोजकले पठाएको नोटमा उल्लेख छ ।
त्यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखी लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरि ज्ञान बाड्ने चौतारी हुनेछ । कार्यक्रममा उपस्थितिको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सबैलाई सहभागिताको लागि अनुरोध गरेको छ । उसले इभि एक्स्पोवाट भरपुर फाइदा उठाउन पनि भनेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend