जन आकाश
काठमाडौ । नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालको आयोजनामा काठमाडौको भृकुटी मण्डपस्थित बिधुतिय गाडी, मोटरसाइकल, स्कुटर लगायतका पाटपुर्जाको प्रदर्शनी गरिएको छ । आज मितिः २०७९ असोज ६ गते नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) को प्रमुख अतिथिमा भएको कार्यक्रममा पहिलो शत्रमा नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति समेत रहेका धुव्र बहदुर थापाले स्वागत मन्तव्य राखेका थिए । भने अन्य बत्ताहरुले पहिलोपटक भएको नाडा एक्स्पोको लागि बधाई तथा शुभकामना दिएका थिए ।
पहिलो उदघाटन शत्र सक्ने बित्तिक्कै दोस्रो शेशनमा प्रदर्शनमा राखिएका बिभिन्न बिधुतिय गाडीहरु अवलोकन गर्न अर्थमन्त्री प्रर्दशनस्थलमा गएका थिए । उनले प्रदर्शनस्थलको पनि उदघाटन गरेका थिए ।
अर्थमन्त्री सवैजसो स्टलमा पुगेर विधुतिय सवारी साधनको अवलोकन गरेका थिए भने विधुत प्रधिकरणको स्टलमा निक्कै चासोका साथ कुराकानी गरी बिधुत प्रधिकरणका कर्मचारीसँग जानकारी लिएका थिए ।
चौधरीको नेटामा अर्थमन्त्री
अन्य स्टलहरुमा घुमेपनि धेरै चै अर्थमन्त्रीले चौधरी ग्रुप अन्र्तगतको नेटा, OLA र चीनमा निर्मित इभ्यानको पनि अवलोकन गरेका थिए । चौधरी गु्रप अन्र्तगतको नेटाका प्रवन्धक निर्देशक हेमन्त अग्रवालले अर्थमन्त्री शर्मालाई स्वागत गरेका थिए । उनको फोटोले नै बोल्छ ।

दिगोमा अर्थमन्त्री
त्यसैगरी अर्थमन्त्रीले पसलैपिछे केहीन केही उदघाटन गर्दै दिगो प्रा.लि.का गाडीहरु पनि उदघााटन गरेका थिए । नेपालमा पहिलो पल्ट ईलेक्ट्रिक गाडीहरु नेपाल भित्र्याउने कम्पनी पनि दिगो नै हो । तर त्यस दिगो कम्पनीका सञ्चालक राजन रायमाझी भने त्यहा स्टलमा थिएनन् ।

अर्थमन्त्रीको सिप्रदी क्याम्पमा लिए आनान्द
अर्थमन्त्रीले सवैभन्दा धेरै सिप्रदी टेड्रिङ प्रा.लि.मा निक्कैवेर चासो लिदै कारको उदघााटन गरेर इलेक्ट्रिक नेक्सन, टिगोर को नयाँ मोडलका इलेक्ट्रक कारहरुमा बसेर आनान्द लिएका थिए ।
सिप्रदी त्यतिकै सिप्रदी भएको होईन भन्दै त्याहा उपस्थित सवैले सिप्रदी र टाटा नेक्सन र टिगोरको प्रसंशा गरेका थिए । अर्थमन्त्री मुसुमुसु मुस्कुराउदै गरेका देखिन्थे । कारभित्र झण्डै एकमिनेट बिताएका अर्थमन्त्रीले टाटाको चार्जेवल तार जोडेर कारको व्याट्री चार्ज गर्दै उदघाटन गरेका थिए । सिप्रदीका सिसिओ राजेश गिरी, सिइओ राजनबाबु श्रेष्ठ भारतवाट आएका टाटाका प्रतिनिधिहरुले अर्थमन्त्रीलाई स्वागत गर्नुको साथै ईलेक्ट्रिक कारहरुको वारेमा जानकारी गराएका थिए । पत्रकारहरु ठेलमठेल गर्दै फोटो भिडियो लिन व्यस्त थिए ।

लक्ष्मी टे«डिङका अञ्जनले गरे अर्थमन्त्रीलाई स्वागत
अर्का नेपालका अटो क्षेत्रका बिग हाउस भनेर चिनिने कोरियन गाडी बेच्ने लक्ष्मी गु्रप अन्र्तगत होण्डाइले पनि ईलेक्ट्रिक कार उदघाटन अर्थ मन्त्रीवाट नै गराएको थियो । त्यसमा अञ्जन श्रेष्ठ अफै स्टलमा खटिएका देखिन्थे ।

नेपाल जलस्रोतको अथाह भण्डार भएको र बिधुत जतिपनि उत्पादन गर्न सकिने सम्भावना भएको देश भएकमो हुनाले र विश्वमा हुने उथल पुथलले डिजेल, पेट्रोलवाट चल्ने गाडीहरु तेलको अभाव हुदा देशमा समस्या हुने गरेको छ । त्यस्ता खालका चुनौतिलाई पहिलोपटक नेपालमा भएको ईभि एक्स्पोले नेपालले पनि भेइकलमा केही राम्रो काम गर्दै छ भन्ने सन्देश दिएको छ ।
यसको वातावरण बनाउने नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपाललाई पनि धन्यवाद दिनैपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend