जन आकाश
काठमाडौ । याक्टिभ इन्टरटेन्टमेन्ट म्युजिकले आयोजना गरेको म्युजिक अवार्ड यहि असोज १३ गते काठमाडौको चलचित्र वोर्ड चाबहिलको गोपिकृष्ण हलको पछाडी चलचित्र विकास वोर्डको हलमा हुने भएको छ ।
अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन । कला सस्कृती हाम्रो सम्पति भन्ने मुल नाराका साथ शुरु भएको म्युजिक अवार्डमा बिभिन्न विद्यावाट झण्डै १०० को हाराहारीमा कला क्षेत्रसँग सम्बन्धित संघ, संस्था, कलाकारहरुले भाग लिएका छन् ।
पहिलो र दोस्रो चरणको कार्यक्रम सक्कि सकेको छ । अन्ति ५ भित्र प्रदेश गर्ने प्रतिस्पर्धीहरुले नै फाइनलमा प्रतिस्पर्धा गर्दै छन् । स्वदेश गानवाट अन्तिम उत्कृष्ट ५ भित्र जनआकाश मिडियाले निर्माण गरेको “आउन साथी आउ सवै मिली विजयको मिठो गीत गाउ” पनि पर्न सफल भएको छ ।
स्वदेश गान अवार्डको लागि आउन साथी आउ सवै मिली बिजयको मिठो गीत गाउले पनि प्रतिस्पर्धा गर्दैछ ।
उक्त कार्यक्रमको उदघाटन तथा अवार्ड वितरण श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुवंरले गर्ने छन् भनि आयोजकका संयोजक बिजेन्द्र नौवागेले बताएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend