logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दशैँ, नारायण नेपाल


  • जन आकाश
  • शुक्रबार, असोज ७ २०७९

दशैँ



थाहा छ ?
आहा छ ।
फेरि फर्केझैँ छ खोला,
वसन्त कम्लाएर होला,
बेग्लै सजिएका छन्,
गाउँशहर तथा वनपाखाहरू,
मादल अनि सारङ्गीसँगै,
गुञ्जिएका छन् भाकाहरू ।
शारदी मातमा,
सर्जकीय बातमा,
नाच्नथालेको छ मन,
प्रेमिल भावका मुजुरसँगै,
धड्किनथालेको छ मुटु,
स्निग्ध आश्थाको गजुरसँगै ।
बडाको आशिर्वाद,
अन्यको माया,
चौतारीको छायाँमा मुछी
टीका र जमराको मानमा
राष्ट्रियताको शानमा
खेल्दै सपनाको पीङ
भैँसी न सिङ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend