जन आकाश
काठमाडौ । नेपालको इतिहासमै पहिलो नाडा ईभी एक्स्पो शुरु भएको छ । बिहिबार काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो शुरु भएको हो अर्थमन्त्री जनार्दन शर्माले पहिलो नाडा ईभी एक्स्पोको उदघाटन गरी शुरु भएको हो ।
कार्यक्रामका अध्यक्ष समेत रहेका नाडा अटोमोवाईल्स एशोसियसन अफ नेपालका अध्यक्ष धुब्र थापाले भने,‘नेपालमा विद्युतीय सवारी साधनकोे अपरिहार्यतालाई महशुस गर्दै नाडा ईभी एक्स्पो शुरु गर्न पाएकोमा अत्यन्तै गर्वको बिषय भएको बताएका थिए’ उनले थप्दै भने विद्युतीय सावरी साधनको महत्व बढ्दै गएको बताउँदै अध्यक्ष थापाले प्रदुषण कम गर्ने मात्र नभई विद्युत खपतमा सहयोग पुग्ने बताए । वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले ग्रिन नेपालको अवधारणा साकार हुने नाडाको ठहर छ ।
सरकारले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने बताई रहदाँ १०० किलोवाट माथीका गाडीमा कर बढाउनु उपयुक्त नभएको बताएका थिए ।
‘सरकारले १०० किलोवाट माथीका गाडीमा कर बढाउँदा प्रोत्साहनको सट्टा निरुत्साहन भएको छ,’ अध्यक्ष थापाले अर्थमन्त्रीलाई इंगित गर्दै भने,‘नेपालको भौगलिक अवस्था अनुसार २०० किलोवाट क्षमतासम्मका गाडीलाई पुरानै व्यवस्था अनुसार कर कायम गरिदिन अनुरोध गर्दछु।’
सरकारले नेपालमै गाडी एसम्बल गर्न आग्रह गरेपनि त्यसकोलागि स्थिर नीति आवश्यक रहेको नाडाले उल्लेख गरेको छ । अध्यक्ष थापाले सरकारले स्थितर नीति लिए व्यवसायी पार्ट पुर्जाको उद्योग समेत खोल्न तयार रहेको बताए ।
अर्थमन्त्री जनार्दन शर्माले ईभी एक्स्पो नाडाको मात्रै नभई देशकै भएको बताए । मन्त्री शर्माले नेपालमा विद्युतीय गाडी प्रवद्र्धन गर्ने सरकारको नीतिबाट पछि नहट्ने बताएका छन् ।
‘विद्युतीय गाडीलाई प्रवद्र्धन गर्दै आएका छौं । त्यसबाट पछि हट्दैनौं,’ मन्त्री शर्माले भने,‘अब कोईला, डिजेल, पेट्रोलको युग सकियो अब ईभी, हाइड्रोजन तर्फ गैरहेका छौं।’
अर्थमन्त्री शर्माले सरकारले निश्चित अवधिपछि विद्युतीय सवारी चल्ने मात्रै व्यवस्था गर्न लागेको बताएका छन् । पेट्रोलियम पदार्थबाट चल्ने सवारी कहिले रोक्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी दिए ।
‘गाडी उत्पादन यहि गर्नुहोस् विद्युत र ब्याजमा थप सहुलियत दिनुपर्छ,’ उनले भने,‘एसेम्बल उद्योगमा भ्यालु एड कसरी गर्न सकिन्छ । त्यसमा ध्यान दिनुस् ।’
उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको सहुलियतका कारण ३०–३५ लाखमै गाडी पाउने अवस्था रहेको बताएका छन् ।
अध्यक्ष गोल्छाले सरकारको नीति स्थिर रहनु पर्ने बताउँदै अन्तशुल्क र भन्सार महशुल बढाउन नहुने उल्लेख गरे। वातावरण संरक्षण गर्नकोलागि विद्युतिय गाडीलाई प्रोत्साहन गर्नु पर्ने धारण व्यक्त गरे ।
गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता रहेको छ । अग्नी ग्रुपले ३ पांग्रे टेरो ब्रान्ड सहभागिता गराएको छ ।
दुईपांग्रे ब्रान्ड रहेका छन । जसमा लेभ्निङ, एनआईयु, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्डको उपस्थिती रहेको छ ।
चापको व्यवस्थापनको लागि नाडाले खल्ती एप मार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ । एक्स्पोमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २०० रूपैयाँ व्यवस्था गरेको छ ।
सिएट द्वारा प्रायोजित नाडा सवारी साधन, पार्ट पूर्जा, वित्तिय सेवा उपलब्ध रहेका छन । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।
नाडाले १० प्रतिशत बजार हिस्सा ओगटी सकेको छ । अबको ५–६ वर्षमा ५० प्रतिशत बढी हिस्सा हुने आंकलन गरिएको नाडाको दावी छ ।
नेपाली चाड–पर्वहरुको पूर्वाधारमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पुर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवद्र्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने नाडाको विश्वास छ ।
नाडाले विद्युतीय गाडीको एक्स्पो मात्रै नभई विद्युतीय गाडीको जानकारी दिन ३ दिन ईभी चौतारी समेतको आयोजना गरेको छ । शुक्रबारको गोष्ठीमा प्रविधि र ईको सिस्टमको विषयमा छलफल हुँदै छ ।
जसमा वन तथा वातावरण सचिव प्रेम नारायण कँडेल रहने छन भने यातायात व्यवस्था विभागका रामचन्द्र पौडेल, अनुसन्धान कर्ता शिर्पा श्रेष्ठ, अभियान्त्रिकी कर्मशालाका सिईओ अभिशेक कार्की, सिप्रदिका दिनेश पौडेल र नेपाल विद्युत प्राधिकरणका सागर ज्ञवाली प्यानलिस्ट रहेका छन । युएसएड क्लिन एयरको सहयोगमा भईरहेको ईभी चौतारीमा भुषण तुलाधर मोडरेट रहेका छन । नाडाको पहलमा विहिवारवाट प्रदर्शनी स्थल भृकुटी मण्डपमा रक्त्दान कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend