जन आकाश
नेपालीहरुको महाँन चाड बिजया दशमी तथा तिहार, छड, नेपा सम्वत क्रमश आइराखेका छन् । यस्ता महत्वपूर्ण पर्वहरुमा नेपालीहरुले उल्लेखिय मात्रमा बजारवाट सामान खरिद गर्ने गर्दछन् विगतमा पनि त्यस्तै देखिएको छ । यस्ता चाडपर्वमा राम्रो सोच भएका व्यापारीहरुले ग्रहकलाई अझै सेवा दिएका पनि भेटिन्छन् । तर कतिपय काला बजारीहरु यस्तै समय पारेर ग्रहक ठगेर धन्दा नै चलाएकाहरु पनि नेपालमा बेला बेलामा देखिने गरेका छन् । त्यस्ता कालाबजारी गर्ने तत्वहरुलाई पटक पटक कारवाही गरेपनि कालाबजारीमा कमी आएको छैन ।
त्यस्ता कालाबजारीहरुलाई निरुत्साहित हुने गरी ग्रहक, उपभोक्ता सम्बन्धित निकायहरुको पनि त्यतिकै चासो हुनुपर्छ र सचेत हुनुपर्ने देखिन्छ । नेपालमा उपभोक्ताको हितमा नाममा खोलिएका उपभाक्तावादी संस्थाहरु त व्यापारीहरुलाई दुखः दिन र ठुला कम्पनीहरुसँग बार्गेनिङ गर्न मात्र खोलिएका जस्ता देखिएका छन् ।
नेपालको डिडिसी दुधको कम्पनी बन्द गराउन प¥यास गर्ने नेपाल उपभोक्ता मञ्च जस्ता संस्था कुनैवेला स्थापना भएका थिए । उनिहरुको उदेश्य भारतीय मुलका व्यापारीहरुले खोलेका नीजि दुध कम्पनीले नाफा कमाउओस भन्ने थियो भलै नेपालमा त्यतिवेलाको सरकार अलि अनुसंन्धान गर्ने क्षमता भएको हुनाले त्यस्तो हुन दिएन र नेपालको सरकारको मातहतमा सञ्चालनमा रहेको डिडिसी दुध बच्यो र सञ्चालनमा नै छ ।
अहिले त्यस्तो अवस्था छैन । उपभोक्ताका नाममा सयौ संस्था खोलिएका छन् । तर व्यवहारमा उपभोक्ताको संरक्षण होइनकी व्यापारीहरुसँग मिलेर कमाउ धन्दामा लागेका देखिन्छन् । कसैको आग्रह र पुर्वग्रहमा फलानोमा छापा मार्नु प¥यो त्यसलाई दुखः दिनुप¥यो भनेर प्रयोजित तरिकाले अरुको निर्देशनमा कुद्ने उपभोक्तावादी संस्थाहरु कै बाहुल्यता रहेको देख्न सकिन्छ । यस्ता संघ÷संस्था खोल्ने नेपालका मुख्य राजनीतिक पार्टीका कार्यकर्ताहरु छन् र तिनैले असल व्यापारीलाई दुखः दिने काम गरेका देखिन्छन् ।
यता बजारमा मुल्यबृद्धि भएको समय गुज्रिएका सामान बजारमा खुलेआम बेचिरहेको गतल व्यापारीहरुलाई कसैले पनि छुन सक्दैनन् । उता सरकारको मातहतमा रहेको बाणिज्य विभाग अनुगमन गर्ने भनेर कहिलेकाही यस्तै राजनीतिक खोल ओडेका उपभोक्ता संघ÷संस्थाहरुको साथमा बजारमा निस्कने गर्दछ ।
जुन अग्रीम जानकारी उपभोक्ता संघ÷संस्थाहरुलाई भईसकेको हुन्छ । तिनैले बजारमा काला बजारी गर्ने जतिलाई जानकारी गराईसकेका हुन्छन् । त्यसैले यस्ता अनुगमनहरु नाटकीय मात्र हुन्छन् र उपभोक्तावादी संस्थामार्फत व्यपारीवाट असुल्न नपाएका व्यापारी र कम्पनीहरुको मात्र अनुगमन गरेर सरकारी भत्ता पचाउने काम भएको देखिन्छ ।
त्यस्तो हुदैन थियो भने किन प्रत्येक बर्ष आकाश छुनेगरी भाउ बढ्दा त्यस्ता क्षेत्रमा नीतिगत योजना उपभोक्ता संक्षणवादी संस्थाहरुले सरकारलाई सुझाव दिन सक्दैनन् । नेपालमा घरबहाल कर भनेर कर लिन थालिएको दशक वितिसक्यो तर भाडावाललाई नै उक्त कर तिराइन्छ । अर्काको घरमा बस्नुपर्ने व्यवसाय गर्नुपर्ने भएको हुनाले वाहालवाला पिडित हुदा यस्ता समस्या कहिल्यै उपभोक्ता सरक्षण संस्था र सम्बन्धित निकायले चासो दिदैनन् । घर बहाल बषैपिछे बढाउदा मुल्यबृद्धि भएको कुरामा किन सम्बन्धित निकायको ध्यान जादैन ?
समग्रमा, प्रत्येक मुख्य पर्व दशै र तिहारको अवसरमा मुल्यबृद्धि हुन्छ त्यस्ता मुल्यबृद्धि गर्ने समुह नै मिलेका हुन्छन् जस्तै खानेतेल बेच्ने समुह, मशला बेच्ने समुह, कवडा बेच्ने समुह, खाद्यन्न बेच्ने समुह, गाडी बेच्ने समुह,इलेक्ट्रानिक सामान बेच्ने समुह लगायत सवै क्षेत्रमा संघ÷संस्थाका नामका व्यवसायी संस्थाले मिलेर ग्रहक ठग्ने गरिवलाई एकछाक किनेर खान नसक्ने, कुनै सामान किनेर प्रयोग गर्न नसक्ने बनाएका हुन्छन् ।
यस्ता कामहरु विगत देखिनै हुदै आएका छन् । यसको उपाय ती सम्बन्धित निकायले गर्छ भन्ने विश्वासिलो आधार नभएको हुनाले वास्ताविक उपभोक्तानै जागरुक भएर लाग्नुपर्ने देखिन्छ ।
अवका दिनमा भाउ बढेको कुरा व्यापारीले गरे भने किन ? कसरी ? काहा ? कस्ले ? केको अभाव ? जस्ता प्रश्न सोधेर बजारमा भइरहेको कालाबजारी गर्नेहरुलाई जनस्तरवाट नै कारवाही नगर्ने हो भने सम्बन्धित निकायले सर्वसाधरणको हित गर्छ भन्ने विश्वास टुटेको छ ।
जनआकाश साप्ताहिकको २०७९ असोज ११ गतेको सम्पादकीय
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend