logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पवित्रा–श्रीकृष्ण स्मृति सम्मानले सम्मानित भइन वरिष्ठ साहित्यकार भुवन ढुङगाना


  • जन आकाश
  • बुधबार, असोज १२ २०७९

काठमाडौ । कथा, कविता, उपन्यास, थुप्रै साहित्य विद्यामा कमल चलाई राष्ट्र र समाजलाई योगदान पु¥याउनु भएको भनेर राधा दुलाल कार्कीद्धारा आफ्ना माता पिताको नामवाट सृर्जना गरिएको पवित्रा–श्रीकृष्ण स्मृति सम्मान पत्रले सम्मानित गरी रु २५ हजार राशिको पुरुस्कारले समेत पुरुस्कृत हुनु भएको छ वरिष्ठ साहित्यकार भुवन ढुङगाना



उहालाई नै सम्मान गर्नुको कारण राधा दुलाल कार्कीले, यसरी भन्नुभयो “मलाई यो अवस्थामा ल्याईपु¥याउनु हुने भुवन ढुङगानाले साहित्यका अलवा प्रज्ञिक क्षेत्रमा यो अवसर प्राप्त गर्न पाएको हु , आज यसको श्र्रेय भुवन ढुङगाना हुनुहुन्छ”राधा दुलाल कार्कीले भन्नु भएको थियो । त्यासो भनेर राधा दुलाल कार्कीेले बोलिरहदा भुवन ढुङगाना भावुक देखिनु भएको थियो भने अन्य प्रज्ञिक व्यक्तित्वहरु गम खाएर सुनिरहेका थिए ।

उक्त कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिको कार्यकक्षमा कुलपति गंगा प्रसाद उप्रेती  प्रमुख अतिथिमा भएको थियो । प्रमुख अतिथि कुलपति उप्रेतीले “ साहित्यकार भुवन ढुङगानालाई आफ्नो हातले सम्मान गर्न पाउदा अत्यन्तै खुशी लागेको” बताउनु भएको थियो । उहाले “आज २८ बर्ष अगाडी काठमाडौ आउदा भुवन ढुङगानाले पु¥याउनु भएको योगदान अत्यन्तै राम्रो छ । यस्ता साना कामहरुले पनि मानिसको जीवनमा ठुलो परिवर्तन ल्याउछ भन्ने उदारण हो । आज राधाजीले काठमाडौमा छोराछोरी पढाउन आएको सामान्य  परिवारले यस एकेडेमीमा आफै पनि मेहेनत गरेर छोराछोरीलाई क्यापालेवल बनाउनु भएको छ । यो सामान्य भुवन ढुङगानाले देखाउनु भएको वाटोको कारण यति ठुलो परिवर्तन आएको हामीले थाहा पायौ ।” भन्दै भुवन ढुङगानलाई धन्यवाद ब्यक्त गर्नुभयो भने सम्मान गर्ने राधा दुलाल कार्कीलाई पनि धन्यवाद दिनुभयो ।

नेपालीहरुको महान पर्व दशैको अवसरमा यो कार्यक्रम भएको हुनाले यसै अवसरमा शुभकामना समेत दिनुभएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचीव जगत प्रसाद उपाध्याय (प्रेक्षित) तथा बिभिन्न प्रज्ञिक व्यत्तित्वहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थितिमा भएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend