logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गीत,


  • जन आकाश
  • बुधबार, कार्तिक ९ २०७९

गीत



हताओैं हामी अंध्यारोलाई
एउटा बत्ती बालेर हेरौं
साथमा कोहि होस नहोस
चारपाईला हामी टेकेर हेरौ

आकाशमा उड्न सिकौ
धर्तिमा पाईला राखेर
घामले पोलेपनि हामी
अरुको लागि छाया बनेर
पहाड झै अडिग बनौ
मैनवत्ती झै हेरौ पग्लेर

जड नहोओैं हामी चैतन्य बनौ
लचक बनौ हामी पानी जस्तै संघर्षको बेला अभिमान नगरौ
हिम्मत र स्वाभिमान खोजौ
जसरी ऋतु भयो त्यसरीनै
बेनेर देखाओैं हो यसरीनै

पिउ बरु दुनियाँको हलाहल
निलकन्ठ शंकरले जसरी
अरुको लागि अमृत बनौ
दधिचीले झै उपकार गरौ
संन्जिवनी बाड्ौं सबजनमा
फल झै हामी फलेर देखाओैं,

शैलजा सिंह
कवियत्री भारत

भारतको
प्रसिद्ध यशस्वी युवा लेखिका
उनको विभिन्न भाषामा रचनाहरु प्रकाशित भै रहने गर्छ, उनको गित नेपालका साहित्यकार” रबिन्द्र आशिष”ले उल्था गरेका हुन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend