जन आकाश
काठमाडौ । सरकार र नेपाल राष्ट्र बैंकबाट विभिन्न समयमा जारी भएका नीतिहरूका सन्दर्भमा सम्बन्धित निकायहरुमा विभिन्न चरणमा औपचारीक तथा अनौपचारिक भेटघाट गर्दै समस्याको समाधानको लागि अनुरोध गरिए पनि कुनै सुनुवाई नभएको भन्दै नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालले विरोधका कार्यक्रम आगाडी सारेको छ ।
उसले भनेको छ । सरकार र नेपाल राष्ट्र बैंकको अमैत्रीपूर्ण नीतिहरुको विरुद्धमा दवावसिर्जना गर्न यस एशोसिएशनले यही २०७९ मङ्गसिर २२ गते माइतिघर मण्डेलामा विहान ११ बजे देखि २ बजेसम्म धर्ना कार्यक्रम सम्पन्न गरेको थियो । उक्तधर्ना कार्यक्रममा नाडाका अध्यक्ष धु्रवथापाले सरकारको अमैत्रीपूर्ण नीतिका कारण व्यवसायीहरुले भोग्नु परिरहेको पीडा र समस्याहरु बारे चर्चा गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघका प्रतिनिधिहरुले समेत आन्दोलनप्रति एक्येवद्धता जनाउदै आ आफनो धारणा व्यक्त गर्नु भएको थियो ।
त्यसैगरी सो धर्ना कार्यक्रममा नेपाल हेवी इक्यूपमेण्टस व्यवसायी संघ, नेपाल अटोमेकानिक्स व्यवसायी संघका प्रतिनिधिहरुले समेत सो धर्ना कार्यक्रमप्रति एक्येवद्धता जनाउदै आआफनो धारणा व्यक्त गर्नु भएको थियो । करिव एक हजारकोे संख्यामा उपस्थित भएका व्यवसायीहरुले सो धर्ना कार्यक्रममा कालो लुगा र कालो पट्टी लगाएर विभिन्न नाराहरु लेखिएका पम्पलेटहरु बोकी विरोध जनाएका थिए । उक्तधर्ना कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघ, लगायत नेपाल टिपर तथा ट्रक व्यवसायी समिति तथा नेपाल रिकण्डीसन व्यवसायी संघले समेत व्यानर सहित एक्येवद्धता जनाएका थिए । उक्तधर्ना कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले नाडाको कार्यक्रममा एक्येवद्धता जनाउदै नाडाले गर्ने आन्दोलनका कार्यक्रमहरुमा सहभागी हुने बताउनु भएको थियो । सोहीदिन नाडाका ७ वटै प्रदेश एशोसिएशनहरुले आआफनो प्रदेशमा एकैसाथ धर्ना कार्यक्रमको आयोजना गरेको नाडाले जनाएको छ ।
सो विरोध कार्यक्रमको सम्पूर्ण संयोजन नाडाका उपाध्यक्ष तथा आन्दोलन समितिका संयोजक सुनिल रिजालले गर्नु भएको थियो भने सो कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्र उप्रेतिले गर्नु भएको थियो। सो विरोध कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । त्यसैगरी सो कार्यक्रममा निराकार श्रेष्ठ, आकाश गोल्छा, प्रकाश पुरी, अनुपकुमार बराल,अभिक ज्योति,कपिल शिवाकोटी, निलमणी पाठक, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, दिपक अग्रवाल र शोहन श्रेष्ठ लगायतका केन्द्रीय कार्य समिति सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend