जन आकाश
तेज प्रकाश बानियाको कलमवाट
१ रामशरण लुइटेलको जन्मवि सं २००४ असार ५ गते, काभ्रे जिल्ला, पाँचखाल न पा वडा नं ५भमरकोट जगतमा भएको हो । बाबु इश्वरीप्रसाद लुइटेल र आमा मान कुमारी लुइटेलका पुत्र रत्नको रूपमा मध्यम वर्गीय कृषक परिवारमा जन्मनु भएका रामशरणको बाल्यकाल माता पिताका साथ घरमैं बित्यो । मध्यम वर्गीय कृषक परिवारमा जन्मनेहरूका लगि सोत्तर, घाँस, दाउरा, गाई वस्तुको स्याहार सम्भार, पालन पोषण, खेतवारीमा बाली नाली लगाउने, गोडमेल गर्नेे, टिप्ने,थन्क्याउने आदि मौसम अनुसार घर ब्यबहारमा दैनिक जसो परि आउने कामहरू जन्मसिद्ध सीपको रूपमा जानी आएकै हुन्छ । कसैसँग सिकी रहनु पर्ने हुँदैन र नगरी पनि हुँदैन ।
२. रामशरणले पनि यिनै परिवेशमा पढाइको श्रीगणेश घरबाटै गर्नुभयो । त्यस समयमा हालको जस्तो विद्यालयहरूको यथेष्ट व्यवस्था थिएन । साँवा अक्षर चिनेपछि चण्डी, दुर्गा कवच, कौमदी जस्ता संस्कृत भाषाका विषयबाट अध्ययन अगाडि बढाइन्थ्यो । तर संस्कृत भाषामा अध्ययन गर्न भाषा पाठशाला को आवश्यकता पर्ने हुदा पाँचखाल जोरपाटीमा केही वर्ष अगाडि नै भाषा पाठशाला खुलाइएको थियो । रामशरण पनि त्यही जान थाल्नु भयो । उहाँको उमेर पनि सानै र जोरपाटी घरबाट टाढा भएकोले असजिलो प¥यो । त्यहा थोरै समय मात्र पढ्नु भयो ।
३. २००७ सालमा भएको राजनीतिक परिवर्तनको उभार अनुसार २००८ सालमा भमरकोट गाउँमै स्थानीय शिक्षा सेवीहरूको प्रयासबाट चण्डेनीमा श्री गणेश प्राथमिक विद्यालय, भमरकोट र कोट देवी प्राथमिक विद्यालय, जगता, भमरकोट गरी २ वोटा विद्यालय खोलिएछन् । यसरी नजिक नजिक खोलीएका २ विद्यालय मध्ये कोटदेवी विद्यालय त्यसै समयमा बन्द भएछ, चण्डेनीमा खोलीएको श्री गणेश प्रावि चाहिँ स्तरबृद्धि हुँदै गएर हाल माध्यमिक विद्यालयको रूपमा सञ्चालनमा रहेको छ । रामशरणले पनि त्यसै विद्यालयमा अधययन शुरू गर्नुभयो । गाउँमा स्कूल खुलेपनि त्यसको सञ्चालनका लागि सरकारी रकम पर्याप्त नआउने हुँदा गाउँमा उठाइने चन्दा मुठीदान संकलन गरीे चलाइन्थ्यो । सक्नेले एउटा शिक्षकलाई बस्ने र खाने ब्यबस्था निशुल्क मिलाउथे । नसक्नेले बस्ने ठाउँ मात्रपनि दिन्थे । रामशरणको परिवारले पनि एक जना शिक्षकलाई केही समय घरमा बस्ने खाने ब्यबस्था मिलाई दिनु भएको थियो ।
४. चण्डी पूणिमाको दिन भमरकोटमा रहेका सबै लुइटेल बन्धुहरू रामशरणको घरनै मूलघर भएकोले त्यहाँ जम्मा भएर केहीपर बारीमा भएको मन्दिरमा कुलपूजा गर्ने चलन थियो । भोलि पूजाको दिन आपूm कक्षामा उपस्थित हुन नसक्ने भनी शिक्षक सँग स्वीकृति लिइ घरमा पुजामा बसेर भोलिपल्ट पाठशाला गएको त तिनै बहुलठ्ठी गुरुले तँ हिजो किन स्कूल नआएको भनेर दुवैकान समातेर निकैवेर घुमाएछन् । सारै दुखेर, रामशरण रुनु भएछ । त्यो दिन भरिनै हिक्कहिक्क गरेर बेलुका घर फर्कनु भयो । आफु अन्यायमा परेको महशुस गरी भोलिपल्ट त्यस स्कूलमा जान मात्रु भएन,यही पिडा थप अवसरमा परिणत भयो । उहाँका बा सामान्य किसान भएपनि छोराछोरी पढाउनु पर्छ भने धारणा भएका व्यक्ति हुनुहुन्थो ।
छोराले त्यस विद्यालयमा पढ्न नजाने भनेपछि बालाई चिन्ता लाग्यो र गाउँका जात्रे बुझ्नेको सल्लाह अनुसार १ कोश टाढा जिल्ला सदर मुकाम धुलिखेल स्थित सञ्जीवनी माध्यमिक विद्यालयमा दस वर्षको उमेरमा कक्षा २ मा भर्ना हुनुभयो । जेठो छोरा भएकोले समय अनुसार परि आउने घरको काम समेत मिलाउदै ९ कक्षा सम्म अध्यन गर्नुभयो । ९ कक्षाको वार्षिक नतीजा राम्रो नआएकोले २०२१ सालमा काठमाडौं बसेर पद्मोदय हाइस्कुलबाट २०२२ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । तत्पश्चात पनि अनेकन वाधा व्यवधानले गर्दा कलेजको पढाइमा निरन्तरता दिन पाउनु भएन । कतै काम गर्दै प्राइभेट रूपमा अध्ययन गरी २०३१ सालमा आइए, २०३४ सालमा वीए र २०३७ सालमा संस्कृति विषयमा एमए उत्तीर्ण गर्नुभयो ।
५. समाज सेवालाई सानैदेखि मन पराउने रामशरणले उमेर अनुसार परिआएका सामाजिक काममा पनि सहयोग गर्दै आउनु भयो । तर समाज सेवामै पनि धेरै काम शिक्षाको क्षेत्रमा गर्नुभयो, जसको केही विवरण यसप्रकार छन् । श्री गणेश प्रा.वि चण्डनीमा २०२४÷२५ सालमा एक वर्ष अवैतनिक शिक्षण, नेपाल राष्ट्रिय विद्यापीठमा २०२५ देखि २०२९ सम्म ४ वर्ष शिक्षण एवम् व्यवस्थापनमा संलग्न, आनन्दकुटी विद्यापीठमा, १ वर्ष शिक्षण, काभ्रे वहुमुखी क्याम्पस बनेपामा, २०४०–२०४५ र पुनः २०४८ देखि २०६३ सम्म प्राध्यापन र संचालनमा सहयोग, त्रिभुवन विश्व विद्यालयका क्याम्पसमा २०४५ देखि २०६९सम्म प्राध्यापन, (२०४५–२०४८ महेन्द्र क्याम्पस धरान, २०४८–२०६९ सरस्वती बहुमुखी क्याम्पस काठमाडौं)मा प्राध्यापन गरी २०६९ मा सरस्वती बहुमुखी क्याम्पसबाट निवृत्त हुनुभयो ।
६ ग्रामीण परिवेशमा एसएलसी उत्तीर्ण भएदेखि नै सहर पस्ने सोच सबैको पलाउछ । तर उहाँले स्नातकोत्तर सम्मको डिग्री हासिल गरेर पनि विभिन कलेजमा प्राध्यापन कार्यमा व्यस्त रहदा पनि उहाँले भमरकोटको वसाई छोड्नु भएन । गाउँमा परि आएका खाने पानी, बिजुली, बाटो, पाटी पौवा,धारो पधेरो आदिको निर्माण जस्ता सामाजिक कार्यहरूमा उहाँको क्रियाशील सक्रियता रह्यो ।
७ गाउँ छिमेक र वरपरका जनतालाई उच्च शिक्षामा सजिलै पहुचका लागि पाँचखालमा एउटा क्याम्पसको धेरै अगाडि देखिको आवश्यकतालाई सफलपार्न स्थानीय शिक्षा प्रेमीहरू सँगको सहकार्यमा क्याम्पस सञ्चालनको स्वीकृति प्राप्त गरी वि. सं. २०६३ मा सर्वमंगला बहुमुखी क्याम्पस स्थापना भयो । उहाँले पहिलो ४ वर्ष २०६३–२०६७ सम्म संस्थापक क्याम्पस प्रमुख भएर निशुल्क सेवा दिनुभयो ।
८ यी त भए पेशागत रूपमा शिक्षा क्षेत्रमा गर्नुभएका कामहरू । यस बाहेक उहाँले समय अनुसार गर्नुभएका विभिन्न क्षेत्रका सबै कार्यहरूको फेहरिस्त उतार्ने हो भने यौटा पुस्तक तयार हुनेछ । तैपनि त्यस्ता सामाजिक क्षेत्रका कामहरूको शीर्षक मात्र भएपनि पाठक सामु, पु¥याउने धृष्टता गरेको छु ।
काभ्रे जेसिज बनेपा, नेपाल परिवार नियोजन सङ्घ, काभ्रे शाखा बनेपा,भमरकोटमा विद्युतीकरण, रेडक्रस सोसाइटी, शाखा बनेपा र उप–शाखा भमरकोट, सामाजिक सेवा समिति भमरकोट, सामाजिक संस्था जिल्ला समन्वय समिति काभ्रे, काभ्रे शिक्षा विकास प्रतिष्ठान स्थापना र सो अन्तरगत काभ्रे मा.वि बनेपा र पनौती स्थापना र सञ्चालनमा सामूहिक रुपमा क्रियाशील, भमरकोट खानेपानी आदि छन् । साहित्यको क्षेत्रमा पनि उहाँको संलग्नता बारे भन्नुपर्दा समाज शिक्षा र सेवा पुस्तक लेखन, वि सं २०२३–२०२४ को एक वर्ष प्रज्ञा प्रतिष्ठनमा कामगर्दा माधव प्रसाद घिमिरे, कृष्ण प्रसाद पराजुली, गोपाल प्रसाद वाग्ले जस्ता नेपाली साहित्यका हस्तीहरूसँग बसेर काम गर्दाको अनुभव र मज्जा अर्को छ ।
त्यसै समय देखि प्रेसका समान्य जानकारी, साहित्य लेखन तथा सम्पादन कार्यमा निकै नै ज्ञान आर्जन गर्नुभयो । केही मासिक त्रैमासिक बार्षिक पत्रिकाको सम्पादन फुटकल लेख रचनाहरु प्रकाशन कार्यपत्रहरु प्रस्तुती र पाँचखाल उपत्यका विकासका अवधारणा कार्यपत्र महत्वपूर्ण रहेका छन् ।
९ यसरी बाल्यकाल देखिनै विभिन्न भैm झमेला पारगर्दै ७५ वसन्त पार गरी सक्नु भएका रामशरण लुइटेलका हर क्षेत्रमा काम गर्ने जोस जाँगर र हौसलामा कमी आएको छैन । आप्mनो जन्म थलो भमरकोटलाई असाध्य माया गर्ने उहाँले भमरकोटमा रहेको पैतृक सम्पत्तिलाई सम्मान साथ जतन गरी राख्नु भएको छ । बरू फुर्सद भयो किभमरकोट जाने गर्नुहुन्छ । हाल उहाँ केहीवर्ष यतादेखि ठिमी न पा सानो ठिमी, गठ्ठाघर, भक्तपुरमा परिवारका साथ बस्दै समाज सेवा र साहित्य लेखनमा योगदान पु¥याउदै आउनु भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend