logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दोस्रो सुसेली महोत्सवः भव्य रुपमा सप्पन्न 


  • जन आकाश
  • सोमबार, मंसिर २६ २०७९

 



काठमाडौ । राष्ट्रिय सुसेली मञ्च नेपालले यही मंसिर २४ गते शनिबारका दिन दोस्रो सुसेली महोत्सव तथा वनभोज कार्यक्रम सम्पन्न गरेको  छ । गत वर्ष भमरकोटलाई मंगसीर २५ गते   सुसेलीको तीर्थस्थल घोषणा गर्दै भमरकोट कोट देवीको दर्शन गरेर पहिलो सुसेली महोत्सव मनाएको सुसेली मञ्चले त्यसैलाई निरंतरता दिदै दोस्रो महोत्सवको आयोजना गरेको सुसेली प्रबन्धक दुर्गा भमरकोटेले जानकारी दिनुभएको हो।

२५ गते बिहान ८ बजे सुरु भएको  महोत्सवमा संस्थाका पदाधिकारी लगाएत ३२ जना कवि साहित्यकारहरूको जमघट रहेको थियो । मञ्चका अध्यक्ष तथा सुसेली प्रवर्दक दुर्गा अधिकारी भमरकोटेको सभापतित्व र मञ्चकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको संचालनमा संचालित महोत्सवमा बिहानको चिया नास्ता लगत्तै सुसेली गाउने, नाच्ने र रेकर्डिङ गर्ने कार्य आरम्भ भएको थियो ।

सुसेली मञ्चका महासचिव दामोदर ढकालले कार्यक्रमको बारेमा जानकारी दिदै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।  कार्यक्रममा ढकालले  सुसेली संग्रहका सुसेली गाएर भिडियो बनाइ पठाउन अनुरोध गर्दै उत्कृष्ट सुसेली गायन भिडियोलाई रू. ५,०००/- को पुरस्कारको घोषणा गर्नुभयो ।

त्यसपछिको कार्यक्रममा निम्नलिखित कवि साहित्यकार हरुले आ-आफ्ना सुसेली गाएर मनोरञ्जन गराउनु भएको थियो । कृष्ण बहादुर के सी, धरणीधर गुरागाईँ, मुरली प्रसाद ढकाल, पुनम घिमिरे, कल्पना भट्टराई, वासुदेव ठकुरी, चन्द्रा न्याैपाने, सुचिता काफ्ले, कृष्ण प्रसाद पौडेल, सुरेशचन्द्र घिमिरे, सीता पाण्डे, शारदा आचार्य, शम्भु गजुरेल, मधुसुदन प्रसाद घिमिरे, विमला ढकाल समिक्षा, शोभा गौतम, ओम कुमारी बञ्जारा, पुष्कर अथक रेग्मी, ललिता दोषी, गीता अर्याल, सानु शर्मा, प्रिया पोख्रेल, उत्तम विचार भेटुवाल, तिलक भट्टराई र जिज्ञासु पौडेल ।

दिनको २ बजे वनभोज खाने कार्यक्रम अनुसार सबैजना सरिक भएर करिब एक घण्टामा वनभोजको कार्यक्रम समाप्त भए पश्चात् को नाचगान कार्यक्रम अत्यन्तै मनमोहक रहेको थियो भने पार्कमा उपस्थित जनसमुदायले समेत नाच्ने, गाउने र सुसेली लेख्न र गाउन साथ दिँदै अभ्यास गर्नुभएको थियो ।

कार्यक्रमका सहभागी अतिथि युवराज नयाँघरेले सुसेलीको लोकप्रियता लोभलाग्दो रहेको र यही हिसाबले अगाडि बढिरहन शुभकामना व्यक्त गर्नुभएको थियो भने सुसेलीको जन्म देखिनै साथ र सहयोग गर्दै आएकोमा आफूलाई गर्व लागेको बताउनु हुँदै अर्का अतिथि तिलकप्रसाद लुइँटेलले आफ्नो ज्यान रहेसम्म सुसेलीको साथ रहने वाचा गर्नुभएको छ । अन्तमा सुसेली महोत्सव सफल बनाइ दिनुभएकोमा सहयोगी र सहभागी सबैमा धन्यवाद दिँदै सभापति भमरकोटेले कार्यक्रमको समापन गर्नुभएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend