जन आकाश
यतिवेला विश्वका शक्तिशाली राष्ट्र र कमजोर राष्ट्र भएपनि फुटवल राम्रो खेल्ने देशहरु कतारको राजधानी दोहामा फुटवलको माध्यमवाट विश्वलाई चिनाई राखेका छन् । त्यस फुटवल ग्रउन बनाउन नेपालीहरु धेरैले त्याहा रोजगार पाउनुका साथै कतिपयले त्यस ग्रउनहरु बनाउन रोजगारको शिलशिलमा कतारमा काम गर्ने वेलामा ज्यान समेत गुमाएका छन् । त्यसैगरी नेपालमा फुटवलका दर्शकहरु धेरै रहेका छन् । राति अबेरसम्म सानादेखि ठुलासम्मले फुटवल हेरेर मज्जा लिने गरेका छन् ।
यता नेपालको फुटवल टिमले दशिण एसियामा समेत फस्ट हुन र कप जित्न दशकौ कुर्नुपर्छ । एसियन गेम जित्न र विश्वकप खेल्ने सपना नेपालको फुटवल टिमले सपना देख्न सकन्छन् । नेपालका फुटवलप्रेमीहरुले चहाना राख्न सक्छन् । तर पुरा गर्ने चै कहिले हो यकिन गर्न सकिदैन ।
असम्भव संसारमा केही छैन । यो स्वर्गीय नेपोलियन वोर्नापाटको भनाई हो । असम्भवलाई सम्भव बनाउनको लागि त्यसलाई चाहिने आधार तयार गर्नुपर्छ । त्यो काम नेपालको सरकार मातहतको खेलकुद मन्त्रालयले गर्ने गर्छ । त्यही खेलकुद मन्त्रालयको मातहतमा राष्ट्रिय खेलकुद परिषद त्यही खेलकुद परिषदको मातहतमा देशभरीका खेलकुदसँग सम्बन्धित निकायहरु रहेका हुन्छन् । ति खेलकुदसँग सम्बन्धित निकायहरुले विगतमा गरेका काम तिनले बनाएका योजनाले लक्ष्य भेटाएका छ्रैनन् । त्यो आधारलाई हेर्दा नेपालको खेलकुद आशालाग्दो अवस्थावाट अगाडी गएको छैन ।
विगतको तुृलनामा केही शुधारहरु भएपनि समग्रमा परिवर्तन ल्याउने र संरचनागतमा अन्तराष्ट्रिय अभ्यास गर्ने खालका योजना अझै देखिएका छैनन् । फुटवलको क्षेत्रमा त कतिपय ठाउँँहरुमा फुटवल मैदानको निर्माण समेत भएका छैनन् ।
फुटवल ग्राउन निर्माण गर्न आवश्यक बजेट, फुटवल खेलप्रति सम्भावना बोकेका युवाहरु, स–सना अवस्थादेखि नै फुटवल खेलेर नाम कमाउछु भनि लगाव भएकाहरुलाई गाउँ गाउँमा प्रशिक्षण, त्यसवाट उत्कृष्ट खेलाडीहरुको स्वस्थ प्रतिस्पर्धा त्यही स्वस्थ प्रतिस्पर्धावाट उत्कृष्ट छान्ने जस्ता कामहरु केही कतै अलि अलि गरेका भएपनि समग्रमा परिणाम आउने गरी नीतिगत परिवर्तन भएको देखिदैन ।
संसारमा परिवर्तन नीतिले बदल्ने हो । नेपालमा नीतिगत केही झन्झटिला समस्याका कारण हरेक क्षेत्रमा मानिसहरु आजित छन् । त्यस्तै खेलकुद क्षेत्रमा पनि त्यस्तै झन्झटिला पट्यार लाग्दा नीतिका कारण व्यवहारमा खेलाडीहरु वेला वेलामा निरास भइराखेका छन् ।
हुनत नेपालीहरु सवै जना खेलकुद प्रति उत्साहित छन् । सवैका सवै उत्कृष्ट हुदैनन् । उत्कृष्ट जो हुन्छ तिनिहरुले नै देशको नेतृत्व गरेर खेल खेलेर देशको प्रतिष्ठा बढाउने काम गर्छन् । ति निरासा हुने वातावरण बन्न नदिन र नीतिगत खेलकुदमा सुधार ल्याउन खेलकुदमा आमुल परिवर्तन गर्न सक्नुपर्छ । त्यसका लागि खेलकुद बुझेको अनुभवि संसदलाई खेलकुद मन्त्रालयको जिम्मेवारीमा ल्याउनुपर्छ । जवसम्म विषय विज्ञ मन्त्रालयहरुमा आउदैन । हरेक क्षेत्रमा यस्ता खालका समस्या आउछन् ।
त्यसैले खेलकुद क्षेत्रमा जनताहरुमा उठेको उत्साहलाई नीतिगत रुपमा सम्बोधन गरेर नेपालले पनि फुटवलमा विश्वकप खेल्ने सपना देख्ने योजना र सपनालाई ढिलो चाडो पुरा गर्ने नीति ल्याओस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend