logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

द भ्वाइसले पायो अन्तिम ४ प्रतिस्पर्धी, बाहिरिए आशिष महर


  • जन आकाश
  • मंगलबार, पुष ५ २०७९

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को फाइनल चारको समीकरण पूरा भएको छ।



शनिबार राति भएको एपिसोडबाट चौथो सिजनको ‘द भ्वाइस अफ नेपाल’का अन्तिम चार जनाको टुंगो लागेको छ।

अन्तिम चारमा प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेशपायल राईको टिमबाट सविना लिम्बू र प्रविशा अधिकारीको टिमबाट साहिल लिम्बु पुगेका छन्।

यी चार जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

शनिबार राति भएको एपिसोडबाट आशिष महर र रिहान गिरी प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

आशिष ‘द भ्वाइस’बाट बाहिरिएपछि धेरैले प्रतिभाको कदर नभएको भन्दै अलोचना गरिरहेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend