logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्रष्टा र सिर्जना


  • जन आकाश
  • आइतबार, पुष १० २०७९

समिक्षकः तेज प्रकाश बानिया पूर्व साहायक रथी नेपाली सेना



 

माधवानन्द को जीवन यात्रा

१ साहित्यकार माधव प्रसाद उपाध्याय रिजाल (माधवानन्द) को जन्म वि. सं २००९ मांर्ग महिनामा हालको ठेगाना अनुसार जनक नन्दनी गाउँपालिका, वडा नं ४ धनुषा, जनकपुरमा भएको हो । पिता बैजनाथ उपाध्याय र माता विष्णु कुमारी उपाध्यायको दुइ छोरी र एक छोरा पछि चौथो सन्ततिको रूपमा जन्मनु भएका माधवानन्दको बाल्यकाल माता पिताकासाथ घरैमा बित्यो । सावा अक्षर चिनेपछि गाउँको अपर प्राथमिक स्कूलमा भर्ना भएर ३ कक्षासम्मँ अध्यन गरी ४ कक्षादेखि जनक नन्दनी माध्यमिक बिद्यालयमा अध्ययन गरी एसएलसी उत्तीर्ण गर्नुभयो ।

२ एसएलसी पछि परीक्षाफल प्रकाशित नहोउन्जेल ३ महिना मालपोत कार्यालय, जलेश्वरमा अस्थाई मुखिया पदमा जागीर खाएर केही अनुभव पनि बटुल्नु भयो । ३ महिना पछि परीक्षाफल पनि प्रका्िसत भयो । उहाँ उत्तीर्ण हुनु भएछ । बेलावखत घरायसी काम हेरचाह गर्नुपर्ने वाध्यताले गर्दा कलेज जान अनुकुल मिलेन । त्यसैताक रेलवेमा विभित्र पदका केही कर्मचारी माग भयो । त्यसमा उहाँले पनि क्लर्क पदमा निवेदन दिनुभयो र परीक्षामा पास भई, स्टोर शाखामा कामगर्न थाल्नुभयो । एकदिन समय मिलाएर, हाकिम सँग आपूmलाई पढ्न सारै मन भएको तर परिस्थिति नमिलेको बारे सबै बताउनु भयो । तत्पस्चात हाकिमसँग प्रवन्धकको कार्यालय जयनगरमा सरुवा हुनु भयो ।

माधवानन्दले साँझ बिहान समय मिलाएर जयनगरमा कलेज अध्ययन गरी बिहार ईन्टरमिडियट काउन्सिलबाट आइए उत्तीर्ण गर्नुभयो । सोही बखत वि.सं २०३७ असार १२ गतेको शुभलग्नमा धनुषा लक्ष्मीपुर निवासी स्व श्यामप्रसाद न्यौपानेकी सुपुत्री सुश्री बिन्दुकुमारी न्यौपाने सँग बिबाह बन्दनमा बाधिनु भयो । यसरी जागीरको क्रममा २०२९ सालमा जनकपुरबाट शुरूगरीे, जयनगर, बिरगञ्ज, नेपाल यातायात संस्थान र कलकत्ता ८ वर्ष हुदै २८ वर्ष नोकरी गरी २०५७ सालबाट निबृत्त हुनुभयो ।

३ धार्मिक एवम् सामाजिक सेवा सम्वन्मा भत्रुपर्दा उहाँ अत्यन्त सामाजिक र धार्मिक आस्थावान व्यक्ति हुनुहुन्छ । यस पुस्तकको आरम्भमा जगतगुरु बन्दे भत्रै शव्दहरूबाट श्री गणेश गर्नुु भएको छ । बडो परिश्रमका साथ धार्मिक ग्रन्थहरू अध्ययन गरी सन्तवाणी एवम् ब्रह्म सत्य जगत मिथ्याको हिसावले यो भौतिक जीव जगतलाई सपना नै भनेर यो पुस्तकमा उल्लेख गर्नु भएको छ । उहाँका धेरैजसो लेख रचनाहरू कतै न कतै बाट धर्म र समाजसँग सम्बन्धित हुन्छन् । उहाँले धर्म र समाजमा गर्नु भएका झिना मसिना काम बाहेक मुख्य कामबारे यसै पुस्तकको पछाडि कभरमा दिएको आवद्धताबाट पनि बुझ्न सकिन्छ ।

  • ४ साहित्य लेखन सम्बन्धमा भत्रुपर्दा उहाँलाई साहित्यको महत्व अलिकति बुझ्ने भएदेखि नै आपूmले पनि लेख्न सके हुन्थ्यो भन्ने लाग्थ्यो । स्कूल तहदेखिनै पत्रपत्रिकामा प्रकाशित कविता, बालकथा चुट्किलाआदि पुस्तक हात परे लुकेर पढ्न निकै मन पथ्र्याे । कक्षामा अलि कमजोर विद्यार्थी भएकोले, कक्षाको पुस्तक बाहेक अरू किताव पढ्दा घरमा गाली खाने डरले लुकेर पढ्नु वाध्यता थियो । तर ,७÷८ कक्षादेखि नै कविता कोर्ने र पढ्ने फयाक्ने गर्न थाल्नु भयो । लेख्ने तिब्र इच्छा भएर पनि जागीरको अवधि भर लेख्नु भएन ।

५ जागीर पछि लेख्न थालेर पनि यो उहाँ को छैटौ प्रकाशित कृति हो । यस अगाडि कविता संग्रह, आध्यात्मिक लेख, म कोपिला, आध्यात्म सुसेली र श्रीमदभागवत् गीतासार समेत ५ गोटा ्पुस्तक प्रकाशित भइसकेका छन् ।

६ यो जीवन यात्रा शीर्षक पुस्तकमा लेखकले जन्मेदेखि हालसम्म जीवनको भौगाइमा आइपरेका आरोह अवरोह घटना परिघटना सबै समेटेर बडो मेहेनतका साथ यो पुस्तक तयार पार्नु भएको छ । नेपालदेखि अमेरिका सम्मको यात्रा वर्णन गर्नु भएको छ । अमेरिकामा नेपालीहरूले मनाउने चाड पर्व, अमेरिकामा लेखक हपुगेपछि परिवार मिलेर मनाएका पर्व, घुमघाम लगायत अरू कामहरू पाठकलाई बुझाउनु भएको छ । यतिमात्र नभई धेरै व्यवहारिक कुराहरू पनि समेट्रनु भएको छ । घत लाग्ने कुरा त के भने, भारतमा मोदी प्रधान मन्त्री भएर नेपालको पहिलो भ्रमण गर्दा मोदीजिले संसदमा सम्वोधन गरी देखाउनु भएको आत्मियता प्रति लेखकले “मोदीजि र ऋषिमन” कविताबाट आशंका राख्नु भएकौ थियो, जुन कुरा पछि सत्य सावित भयो ।

७ समग्रमा भत्रु पर्दा लेखकको चिन्तन मनन तथा लेखाइमा आप्mनो मातृभूमि र राष्ट्रियतालाई आत्मसात् गरी प्रस्तुत हुने गर्नुभएको दृष्टान्तहरू पुस्तकमा पढ्न पाइन्छ । त्यस्तै अरू पनि यस्ता उदाहरण धेरैछन् । नेपालमा सरकार बनाए पछि, टिकाउनका लागि गरिने अनेक तिकडम समेत यसमा ब्यक्त गर्नु भएको छ । तसर्थ यो पुस्तक सबैकालागि पठनीय छ । भविश्यमा पनि यस्ता समाज उपयोगी पुस्तकहरू लेख्ने प्रेरणा लेखकलाई मिलोस भत्रे कामनाका साथ आजलाई यत्ति ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend