logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

रामेछापका स्थानीय तहलाई खेलकुद समयमा गर्न जिल्ला खेलकुदको ताकेता


  • जन आकाश
  • शुक्रबार, पुष १५ २०७९

बिनोद कार्की ।



रामेछाप ।

रामेछाप जिल्ला खेलकुद विकास समितिले जिल्लास्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता गर्नको लागि मिति २०७९ माघ १५ गतेभित्र सवै पालिकाले खेलकुद आयोजना गरी नतिजा जिल्ला खेलकुद विकास समितिलाई प्रतिवेदन बुझाउन ताकेता गरेको हो ।

यसभन्दा अगाडी पनि रामेछापका स्थानीय तहहरुमा राष्ट्रपति रनिङशील समयमै आयोजन गरी जिल्ला खेलकुद विकास समितिलाई नतिजा नबुझाएको हुनाले गत बर्ष केन्द्रीयस्तरको राष्ट्रपति रनिङशील प्रतियोगितामा जिल्लाका खेलाडीहरुले सहभागिता जनाउन पायनन् । जसले गर्दा उदाउदै गरेका मेहनती खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्ने अवसरवाट बञ्चित भएका थिए । त्यस्तो हुन नदिन पनि रामेछापका स्थानीय तहहरुले समयमा खेलकुद आयोजना गर्न यसपटक जिल्ला खेलकुद विकास समितिले स्थानीय तहलाई ताकेता गरेको देखिन्छ ।

जिल्ला भित्र रहेका पालिकाहरु भित्रका बिद्यालयहरु वीच खेलकुद प्रतियोगिताको प्रतिस्पर्धा गरी उत्कृष्ट खेलाडी तिनै पालिकाका उत्कृष्ट खेलाडी–खेलाडी वीचमा प्रतिस्पर्धा गराई जिल्लामा उत्कृष्ट भएका खेलाडीहरुनै केन्द्रमा पठाउने र केन्द्रमा प्रतिस्पर्धामा उत्कृष्ट भएका खेलाडीले अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गराउन पठाउने अभ्यास नेपालले गर्दै आएको छ ।

त्यसकारण रामेछापका स्थानीय निकायहरुले तोकेकै समयमा खेलकुद आयोजना गरेर उदाउदै गरेका खेलकुद क्षेत्रमा मेहनत गरी पसिना बगाईरहेका युवापुस्तालाई प्रोत्साहन गर्नको लागि पनि जिल्ला खेलकुद विकास समितिले गरेको निर्णय स्वागत योग्य देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend