logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विदेशी प्रभावमा चल्ने देश होइन नेपाली औकातमा चल्ने देश बनऔं 


  • जन आकाश
  • मंगलबार, पुष १९ २०७९

काठमाडौ । नेपाल देश नेपालीहरुको मर्म, भावना र चहानामा व्यस्थापन हुनुपर्ने हो । तर प्रजातन्त्र स्थापना भएदेखि अहिलेसम्म त्यस्तो वातावरण देखिएको छैन । बेला बेलामा हुने गरेका विदेशी शक्ति राष्ट्रहरुका नेताहरुको भ्रमणसँगै नेपालको राजनीतिक खैलाबैला हुने गरेको छ । कतिपय राजनीतिक घटनामा पनि विदेशी शक्ति राष्ट्रहरुको कुटनैतिक निकायले गरेका भेटघाटले नै नेपालको राजनीति परिवर्तन हुने गरेको देखिन्छ ।



त्यसकारण पनि नेपाली जनताले विदेशी प्रभावमा देश चलेको आकलन गरेका हुन् । विदेशी मित्र राष्ट्रहरुले नेपालको भ्रमण गर्नु सदभाव राख्नु नेपाल र नेपालीको लागि गौरवको कुरा हो । जहा विश्वका शान्ति दुत गौतम बुद्धको जन्म भएको नेपाल विश्वको अग्लो सगरमाथाको देश नेपाल, विश्वको हिन्दुहरुको आस्थाको केन्द्र भएको नेपाल हजारौ खोला, नाला, पाखा, पखेरा प्राकृतिक सौदर्यले भरिपुर्ण भएको नेपालमा विश्वका जुनसुकै देशका महत्वपुर्ण व्यात्तित्वहरु नेपालमा आउनु भएको खण्डमा त्यसमा नेपालीहरुले अतिथि सत्कार गर्ने चलन नै छ । त्यसमा कुनै कमि हुने छैन ।

तर त्यो भन्दा अलगै राजनीतिक उदेश्य बोकेर आफ्नो स्वार्थ पुर्ति गर्न आउने चलनले नेपालको आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय स्वातन्त्रतामा असर पुगेको छ । विगतका घटनाले त्यही देखाईरहेका छन् । जसरी प्रजातन्त्रका लागि भारमा आश्रय लियर प्रजातान्त्रिक भनिने शक्तिहरुले नेपालमा विदेशी प्रभाव बढाए त्यसैको निरन्तरताले विकसित रुप लिदै विस्तारै अन्य शक्ति राष्ट्रहरुले समेत आफ्नो प्रभाव जमाउदै लगेका छन् ।

२०४६ सालमा नै भारतीय नेताहरुले नेपालको प्रजातात्रिक आन्दोलनमा सहभागी भएर हामरे आन्दोलन आगे बढे हे नै रोकिङगे जस्ता भाषण गरेर अगाडी बढेका थिए । त्यही आन्दोलनको जगमा उठेको राजनीतिक पार्टीहरुले देश हाक्न पुगे आज तिनै पार्टीहरुको सरकार भएको वेलामा एमसिसि, अहिले पछिल्लो समय चीनको समेत जिएसआई जस्ता प्रभाव र दवाव खेप्नु पर्ने अवस्था आईपरेको छ ।

यो विदेशी शक्तिको पछिल्लो उदारण हो अमेरिकी शक्तिको प्रदर्शन एमसिसि प्रकरणमा प्रष्ट भईसकेको छ । अव हुने चीनिया शक्तिको प्रदर्शनमा नेपालमा विदेशी शक्तिको प्रभाव कुन रुपमा अगाडी बढ्दे हो त्यो नेपाली राजनीतिमा खतराकै संकेतको लिनु पर्ने देखिन्छ । त्यस्तो खालको वातावरण नेपालका राजनीतिक पार्टी र ती पार्टी सरकारमा,सदनमा जादा बनाएका परराष्ट्र नीति कुटनैतिक सम्बन्ध, व्यवहार जस्ता कारणका परिणामहरु हुन । झण्डै ७० बर्ष अगाडी राजनीतिक पार्टीहरुले गरेको गल्ती अहिले देखिदै छ । भने बिस्तारै देशको अवस्था झनझन जटिल तिर गएको छ ।

त्यसकारण विदेशी प्रभावमा चल्दा नेपालले विकास गर्न नसक्दो रहेछ । नेपाली आफ्नै बलबुतामा, आफ्नै औकातमा चल्नु पर्ने रहेछ भनेर वर्तमानका राजनीतिक पार्टीहरु जसले सरकारको नेतृत्व गर्दै छन् । उनिहरुले यस्ता विगतका गल्तीवाट पाठ सिकेर अगाडी बढ्नुपर्ने देखिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend