logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रा सु म नेको ३४ औं भर्चुअल सुसेली वाचन कार्यक्रम सम्पन्न


  • जन आकाश
  • मंगलबार, पुष १९ २०७९

 



काठमाडौ । कवि कलानिधि दाहालको विशिष्ट आथित्य र गंगा लिगल विशेष अथिती रहेको राष्ट्रिय सुसेली मञ्च नेपालको ३४ सौँ कार्यक्रम मञ्चकि उपाध्यक्ष सुशीला ढकाल अधिकारीले स्वागत मन्तव्यबाट सुरु गरि सन्चालन गर्नु भएको थियो ।

२० जना कवि साहित्यकारहरूको उपस्थितिमा संचालित यस कार्यक्रममा विशिष्ट अतिथि कलानिधी दाहालले आज उपस्थित सबै कवि साहित्यकारहरूले सुसेली प्रति समर्पित रहेर आत्मा देखि सुसेली लेख्नु र गाउनु भएकोमा अत्यन्तै खुसी लागेको बताउनु हुँदै आफूले रचना गरेका १० वटा उपदेशात्मक सुसेली गाएर सुनाउनु भएको थियो ।

यसैगरी विशेष अतिथि गंगा लिगलले सुसेली मञ्चलाई शुभकामना दिँदै आफ्नो अधिकारका लागि नारीहरू आफैं जागरुक हुनुपर्ने सन्देशका साथ आफूले रचना गरेका देशप्रेम सम्बन्धि १० सुसेलीहरू वाचन गर्नु भएको थियो ।

अन्य सुसेली गायन र वाचनमा सहभागी अतिथि कवि सुसेलीकारहरूमा सुमित्रा श्रेष्ठ, आर्त अकुलिन, पवन कुमार बुढाथोकी, उर्मिला पन्त पान्डेय, उत्तम विचार, जानुका थापा रायमाझी, सुरेश चन्द्र घिमिरे, चन्द्रा न्यौपाने, सुचिता काफ्ले, विनुबाबा घिमिरे, अम्बिका अधिकारी, पुनम घिमिरे, घनश्याम पौडेल, चन्द्रा न्यौपाने, कृष्णप्रसाद पौडेल र तारादेवी कार्की घिमिरेले विविध विषयमा सुसेली गाएर सुनाउनु भएको थियो ।

अन्तमा सभापति दुर्गा अधिकारी भ्रमरकोटेले सुसेलीको यो ३४ सौँ कार्यक्रममा उपस्थित सहभागी र सहयोगी सबै कवि साहित्यकारहरूमा धन्यवाद ज्ञापन गर्नुका साथै शिरोमणि लेखनाथ जयन्ती, भरखरै समाप्त भएको सुसेली महोत्सव, आगामी साहित्य बाटिकाको कार्यक्रममा सुसेली मञ्चको सहभागिता आदि विषयहरूमा चर्चा गर्दै अंग्रेजी नयाँवर्षको शुभकामना सहित सभा विसर्जन गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend