logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अर्घाखाँचीकी ६० वर्षीया राधाको हत्या आरोपमा भारतीय नागरिक पक्राउ


  • जन आकाश
  • मंगलबार, पुष १९ २०७९

 



अर्घाखाँची । शीतगंगा नगरपालिका ६० वर्षीय राधा थापाको हत्यामा संलग्न भएको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रकाउ पर्नेमा भारतको नई पालम बिहार गुडगाँव हरियाणा घर भई शीतगंगा ( १० बोरखोरमा बस्ने २३ वर्षीय सुशान्त सिंह रहेका छन् ।

राधाको शव आइतबार बिहान शीतगंगा (१० कै सिद्धारा बोखोरस्थित जंगलमा टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेको थियो ।

घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले सिंहलाई शीतगंगाकै मुन्द्रीबा सस्थित जंगलबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा राधाले लगाएको सुनका गरगहना लुट्ने योजनाका साथ सिंहले दूध लिन गएकी राधालाई ढुंगा र हँसिया प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend