जन आकाश
पछिलो समय । नेपाली संगितिक क्षेत्र फराकिलो बन्दै गएको छ । त्यस्तै संगितिक क्षेत्रमा पछिलो समय एक पछि अर्काे गरेर गितहरु आउनेक्रम बढेसंगै कलाकारले नयाँ नयाँ गितहरु सार्वजानिक गरेका छन् । सोही क्रम्मा रामेछाापमा जन्मिएका लोकप्रिय गायक प्रकाश कटुवालले आवज दिएको निकै उत्कृष्ट गीत“ घर माथिको बन बितेका दिन आउँदैन फरकेर गए बालपन” गीत बजारमा सार्वाजनिक गरेका छन ।
सोही गीत दर्शकहरुमाझ निकै लोकप्रिय बन्दै गएको छ । गीतमा स्वर प्रकाश कटुवाल ,र मनु थामीको रहेको छ । कृष्ण राई बिन्दासको शब्द सिर्जना रहेको गितमा प्रकाश कटुवालको लय रहेको छ ।
भिडियो निर्देशक मिलन श्रेष्ठले गरेका छन । भने कोरियोग्राफी राजराम सिम्खडाले गरेका हुन । गीतमा प्रकाश कटुवाल र सरिता ढुंगानको अभिनय आकर्षक रुपमा देख्न पाइन्छ । बाल्यकाल र आफ्नो गाउँघरलाई समेटेर बनाइएको गीत सुन्दा निकै मजा आउने गाउँघर छोढे्र जति टाढाँ गएपनि यो गित सुन्दा गाउँघरको याद दिलाउँने दुख सुखमा सुन्ने गित बनेको छ ।
हुनत यस अघि पनि नेपाली संगितिक बजारमा लोकप्रीय गित ल्याउने गायक भनेर प्रकाश कटुवालाई चिनिन्छ । कटुवाल्ले संगीतको क्षेत्रमा आफ्नो छुटृै पहिचान स्थापित गर्न सफल भएका छन ।आफ्नो गाउँठाउँ भन्ने पछि हुरुक्कै हुने गायक प्रकाश कटुवाल रामेछापलाई धेरै मायाँ गरेको देखिन्छ । सअघि पनि सुन्दर रामेछाप, लगायतका थुप्रै गीतहरु बजारमा ल्याई सकेका छन्
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend