जन आकाश
काठमाडौँ । आइएमई इलेक्ट्रिक प्रा.लिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ । उक्त डिलरको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिबका साथै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वुधबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
बुधबार राजधानी काठमाडौंमा आयोजित उद्घाटन कार्यक्रममा कुलमान घिसिले भने नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएका छ । नेपालले छिमेकी मुलुकबाट अरर्बौंको इन्धन आयात गर्छ, विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवद्र्घन गर्न मद्दत गर्नेछ । विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको प्रयोगमा ठूलो बचत हुन्छ ।
आइएमई जस्ता समूहले विद्युतीय सवारी साधनको प्रवद्र्धन गरिरहेकोमा म धेरै खुसी छु। म आइएमई र गरिमालाई व्यापार वृद्धिको लागि शुभकामना दिन्छ । कार्यक्रममा बोल्दै चन्द्रप्रसाद ढकालले भने, “हामी गरिमा अटोलाई हाम्रो निरन्तर विस्तार हुँदै गइरहेको सञ्जालमा स्वागत गर्दछौं र उहाँहरूलाई सफलताको कामना गर्दछौ।
आइएमई इलेक्ट्रिकर्ले मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको छ । र नयाँ ऊर्जा सवारीसाधन चलाउँदा जनताको पहिलो रोजाइ बन्न चाहन्छौ । राफ्ट टूव्हीलर अक्टोबर २२ माप्रस्तुत गरिएको थियो । र नेपालमा निकै लोकप्रिय बन्दै गएको छ । हामीले तीन महिनाभित्रै सयभन्दा बढी युनिट बिक्री गरिसकेका छौं । उहाँले भन्नुभयो ।
हामीले उत्पादन बिक्रीमात्रै गर्दैनौं, पेट्रोलको आयात घटाएर वातावरण स्वच्छ राख्न मद्दत गर्दै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिइरहेका छौं । गरिमा अटोका प्रबन्ध निर्देशक दान राणाले भने म आइएमई इलेक्ट्रिकसँग व्यापार साझेदारको रूपमा जोडिन पाउँदा निकै गर्व महसुस गरिरहेको छु । र ग्राहकलाई पर्यावरणमैत्री विद्युतीय दुई पाङ्ग्रे सवारी साधन उपलब्ध गराउन पाउँदा खुसी छु । राफ्टइलेक्ट्रिक स्कुटर प्रयोग गरेपछि सबै ग्राहक खुसी छन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend