जन आकाश
नेपालमा सरकार परिवर्तन त धेरै भएका छन् । व्यवस्था पनि परिवर्तन भएका छन् । तर जनताको अवस्था कहिल्यै फेरिएको छैन । बरु उल्टै परिवर्तनका नाममा उद्योग, कलकारखानाहरु बन्द भएका छन् । अहिले सरकार परिवर्तन भएको छ । आवद्यिक निर्वाचन पछि नयाँ सरकार गठन भएको छ । यो सरकारले विगतका सरकारले भन्दा छुट्टै तरिकावाट उद्योग, कलकारखानाहरु खोलेर नेपालका दैनिक हजारौ युवाहरु विदेश गईराखेका छन् । ति युवाहरुलाई नेपालमा नै रोजगार सृर्जना गरी नेपालमा नै सम्भावना छ भन्ने विश्वासिलो वातावरण बनाउन सक्नु पर्दछ र सवैलाई रोजगार सृर्जना गर्न सक्नुपर्छ ।
राणाकालीन अवस्था र महेन्द्रकालीन शासनकाल वाहेक नेपालमा आफ्नो उद्योग, कलकारखाना, वैज्ञानिक उत्पादन, गरेर नेपालमा नै युवाहरुको लागि रोगजार सृर्जना गर्न सकिन्छ भन्ने सरकार बनेको छैन । मात्र सरकारमा जाने पदमा बस्ने र भत्ता खाने सानमानका साथ देश विदेश घुम्ने साना भन्दा साना कार्यक्रमहरुमा उद्घाटन गर्ने रिवन काट्ने भन्दा अन्य काम गर्न सकेका छैनन् । अपवादमा कुनै राम्रा काम भएका छन् ।
सदावहार सधै सवै देशभरीका जनतालाई आफ्नै गाउँघरमा रोजगार सृर्जना गर्नेगरी ठाउँ विशेष हेरी त्याहा के सम्भव छ । त्यही कुराहरुको विकास गरेर उद्योगहरु खोल्ने काम थालिहाल्ने सरकार नेपाली जनताले खोजेका छन् ।
यस्तो नेतृत्व गर्न सक्ने सरकार अहिलेको बन्न सकोस भनेर जनताले आशा पनि गरेका छन् । कुनैवेला पुलपुलेसामा विकासको मुल फुटाउन भनेर गीत गाउने मजदुर, किसान, भरियाको गीत गाउने सर्वहारको मुक्तिको लागि काशन लगाउने पार्टी नेकपा माओवादी थियो आज नाम अलिकति फरक भएपनि मनिसहरु तिनै हुन नेतृत्व उनै प्रचण्डले गर्दैछन् र प्रधानमन्त्री पनि भएका छन् ।
देशभरी रहेका मजदुर,किसान, ज्यामी, भरियाको हित र उन्नति चाहाने सरकार चहियो । त्यो चाहना मात्र राखेर हुदैन उद्योग, कलकारखाना, खोलेर समय अनुसार आर्थिक आम्दानी गर्ने आधुनिक प्रविधिको विकास पनि आवश्यक छ । यस्तो काम गर्न सक्ने सरकार जनताको हितमा काम गर्ने, जनताको सुखःदुखःमा साथ दिने एकजना जनतालाई परेको समस्या पनि देशको समस्या हो भनेर ठान्ने जवाफदेही, जन उत्तरदायी सरकार नेपालले खोजेको युगौ भईसक्यो तर व्यवहारमा कुनैपनि नेतृत्वले यस्तो कामहरु गरेनन् । अहिलेको सरकारले यस्तो काम गरोस् भन्ने रहेको छ ।
त्यसैले कहिलेकाही समय र परिस्थितिले गर्न नसकेको भएपनि अवका दिनमा उद्योग, कलकारखाना, र बजारको व्यवस्थापन गर्न सक्ने क्षमता भएको सरकार नेपाली जनताले खोजेका छन् । नेपाली जनताले पुनः अर्को विकल्प खोज्न नपर्ने गरी नेपालीहरुलाई रोजगार दिन उद्योग, कलकारखाना खोल्न सक्ने क्षमता भएको सरकार चाहेका छन् । त्यो चाहना पुरा गर्ने वर्तमान सरकारलाई अवसर पनि हो । यस्तो अवसरहरु धेरै मानिसहरुलाई आएको थियो तर गर्न सकेनन् । त्यसमध्यको एक मानिसले गरेको खण्डमा युगयुगौसम्म रहने ईतिहास बन्ने छ । यस्तो इतिहास बनाउन चुक्नु हुदैन ।
त्यसैले नेपालीहरुको एउटै आवाज नेपालमा उद्योग खोल्ने सरकार चाहियो भन्ने नेपालीहरुको चाहना सम्बोधनहोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend