logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गीत संगीतको क्षेत्रमा निरन्तर सक्रिय कुमार कार्की


  • जन आकाश
  • आइतबार, पुष २४ २०७९

रामेछापको मन्थली २ मा जन्मीनुभएका कुमार कार्की सानै उमेरदेखि गाउन नाच्न रमाउनुहुन्थ्यो उहाको प्रतिभा त्यतिमा मात्र सिमित रहेन नेपाली गीत लेखनसँगै गायनमा अब्बल हुन थाल्नुभएको थियो । उमेरले १५ बर्ष टेक्न नपाउदै मञ्चका स्टेज तताउन र दर्शक नचाउन सक्ने कला देखाई क्षमता प्रस्तुत गरेपछि झनै कार्कीको चर्चा हुन थालेको थियो ।




जिल्लास्तरवाट नै कलाकारिता क्षेत्रमा अब्बल सावित भइसक्नुभएको कार्की पछिल्लो समय काठमाडौ उपत्यकामा आईसकेपछि त झनै गीत संगीतमै आफ्नो भविष्य बनाउन सफल नहुने कुरै भएन ।

झण्डै डेढ दशक अगाडी उपत्यका प्रवेश गर्नुभएका कार्कीेले पहिलो आधिकारिक पिरती अन्धो रैछ गीत बजारमा ल्याई चर्चा परिचर्चा बटुल्न सफल हुनुभयो त्यसपछि निरन्तर झण्डै दुई दर्जन गीतमा स्वर दिएर, आफैपनि गीत लेखनमा माहिर कार्की संगीत भर्न पनि उत्तिक्कै सिपालु हुुनुहुन्छ भन्ने देखाउन सफल हुनुभयो ।

उहाले संगीत भरेका, गायका, लेखेका गीतहरु प्राय चर्चाको शिखरमा आईरहन्छन् भने उहाका गीत संगीतमा नेपाली मौलिक पन पनि पाईन्छ । उहाले बनाएका गीतहरु अधिकाँस चलेका छन् । पछिल्लो समयमा न मेरो घरवार भो न मेरो दरवार भो गीतले धेरै लोकप्रीयता कमाउन सफल भएको छ । उक्त गीतवाट कार्की सफल संगीतकार, गायक हुनुहुन्छ भन्ने पुष्टि गर्दछ ।

त्यति मात्र नभएर गीत संगीतलाई माया गर्ने कार्की गीत संगीत क्षेत्रकै सरक्षण र पब्रर्धन गर्ने बिभिन्न संघ÷संस्थामा आवद्ध पनि हुनुहुन्छ । राष्ट्रिय संगीतकर्मी संघको प्रवत्ता एवम् रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्ष रहनु भएको छ । उहाको क्रियाशिलता पछिल्लो समय झनै बढी देखिन्छ ।

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend