logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

चितवनका १८ क्रसर उद्योग बन्द


  • जन आकाश
  • सोमबार, पुष २५ २०७९

काठमाडौ । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गराएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार यस अघि नै बन्द भएका पाँच सहित थप १३ वटा क्रसरलाई बन्द गराइएको हो ।



जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगर पालिकाकाका पाँच वटा क्रसर उद्योग बन्द गराएको छ । महानगर पालिका वडा नं १ मा वडा नं २९ मा तीन, वडा नं २६ मा एक क्रसर बन्द गराइएको छ । यस्तैं, खैरहनी नगरपालिकाका पाँच, रत्ननगर नगर पालिका माडी नगरपालिका र कालिका नगरपालिकाका एक एक, राप्ती नगरपालिकाका तीन र इच्छाकामना गाउँपालिकाका दुई वटा क्रसर बन्द गराइएको छ ।

बन्द गराइएका क्रसरमा दिइएको विद्युत लाइनसमेत काटिएको छ । क्रसर उद्योगलाई बैधानिक रुपमा सञ्चालन गर्न दर्ता, नवीकरण सहितका कागजात लिएर प्रशासनमा उपस्थित हुने भनिएको छ । दर्ता नवीकरण सहितको मापदण्ड पुगेका क्रसर उद्योग मात्रै अब सञ्चालनमा आउँछन् । नभए बन्द हुन्छन् । प्रमुख जिल्ला अधिकारी तामाङ्गले भने जथाभावी क्रसर चलाउन पाइदैन ।

उनले केन्द्रीय सरकारको निर्देशन अनुसार पुस २१, २२ र २३ गते अनुगमन गरिएको बताए । उनका अनुसार अधिकांश क्रसर उद्योगहरुसँग थप सञ्चालनका लागि वैधानिक कागजात पुग्ने अवस्था छैन । त्यसो नहुँदा क्रसरहरु बन्द नै हुने अवस्था देखिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताए । सरकारले केही विषेश निर्णय गरेको अवस्थामा बाहेक अधिकांश उद्योगहरु पुनः चल्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend