जन आकाश
फ्लोरिडामा सँधै गर्मी, जाडो आको हैन्
घीउ, चाकु र तरुल पनि, खान पाको छैन् !
गाँउमा हुँदा तरुल खन्न, पाखा बारी जान्थ्यौँ
खिचडी र तिलको अचार, मिठो मानी खान्थ्यौँ !
आहा कत्ति मिठो चम्सुर, अनी पालुङोको साग
गाउँमा खसी काटे लाउँथे, दस रुपियाँको भाग !
घाम झुल्के तेल घसेर, बस्थ्यौँ आँगनमा
मामा लिन आए भने, गइन्थ्यो मामाघरमा !
फेसबुक र टिकटकले नि, गर्नु सम्मै गर्यो
सेलरोटी र लड्डु खाको, तस्बिर हाल्नै पर्यो !
बित्ने भए सम्झँनामा, सबै पर्बहरु हाम्रो
परदेशमा चाडबाड बरु, नआएकै राम्रो
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend