logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त ?


  • जन आकाश
  • सोमबार, माघ २ २०७९

काठमाडौ । बलात्कार मुद्दामा केन्द्रीय कारागारमा राखिएका क्रिकेटर सन्दीप लामिछाने सय दिनमा थुनामुक्त भएका छन् । कठोर सर्त सहित अदालतले उनलाई धरौटीमा छाडेको हो । बिहीबार उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएकोमा लामिछाने शुक्रबार २० लाख धरौटी बुझाएर रिहा भएका हुन् । उनी जेलमुक्त हुँदा स्वागतका लागि समर्थक तथा आफन्तको जेल बाहिर भिड लागेको थियो ।



सन्दीप अदालतबाट जे आदेश आउँछ त्यसको सम्मान गरेर अघि बढ्नेछु । अहिले आफ्नो फेमिली परिवार बाहेक केही पनि सोच्न सक्दिनँ । अपार मायाका लागि धेरै धन्यवाद । अदालतबाट जे फैसला आउँछ । त्यसलाई सम्मान गर्छु । अहिले धेरै प्रतिक्रिया दिन सक्ने हालतमा पनि छैन ।

छुटेपछि सन्दीपले अदालतबाट जे फैसला आउँछ ।  त्यसलाई आफूले सम्मान गर्ने प्रतिक्रिया दिए । ‘अहिले आफ्नो फेमिली परिवार बाहेक केही पनि सोच्न सक्दिनँ अपार मायाका लागि धेरै धन्यवाद सञ्चार कर्मीसँग उनले भने अदालतले सो घटनाबारे सार्वजनिक टिप्पणी गर्न रोक लगाएको छ ।

२० असोजमा विदेशबाट फर्कंदै गर्दा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । ३० दिन प्रहरी हिरासतमा बिताएका सन्दीप १८ कात्तिकमा जेल चलान भएका थिए । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । उच्च अदालतले कडा सर्त राखेर धरौटीमा छाडेको हो । केन्द्रीय कारागारमा उनले ७० दिन बिताए ।

धरौटीमा छुटे पनि जिल्ला अदालतबाट उनको मुद्दाको फैसला भएको छैन । फैसलाका लागि सबै प्रक्रिया भने पूरा भइसकेको छ । विदेश जान रोक लगाउने मात्र होइन। काठमाडौं  उपत्यका छाड्न पनि प्रहरीको अनुमति लिनुपर्ने सर्तमा अदालतले उनलाई रिहाइ गर्न आदेश दिएको हो । त्यस्तै, पीडित वा उनको परिवारका सम्बन्धमा सामाजिक सञ्जालबाट कुनै सामग्री प्रकाशन गर्न नपाउने पीडित र पीडितको परिवारसँग सम्पर्क वा भेट गर्न पनि बन्देज तथा पीडित वा उनको परिवारलाई डर, त्रास, धम्की, दबाब र प्रभाव दिने कुनै कार्य गर्न नपाउने सर्तहरू उनी माथि छ । यी सर्त पालना नगरे पुन : थुनामा बस्नु पर्ने उच्च अदालतको आदेश छ ।

बयान भइसकेकाले पीडितलाई दबाब दिने वा प्रभाव पर्न सक्ने सम्भावना नभएको थुना बाहिर हुँदा समाजमा उनको ज्यान माथि खतरा नभएको, थुनामुक्त गर्दा सार्वजनिक शान्ति सुरक्षा, कानुन र व्यवस्थामा पनि खतरा नहुने अवस्था नभएको आधारमा उनी धरौटीमा छुटेका हुन्  ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend