logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

न्याय मरेपछि – राधा कार्की


  • जन आकाश
  • मंगलबार, माघ ३ २०७९

न्याय मरेपछि



– राधा कार्की

एकाबिहानै
एउटा आवाज आयो–
‘ऐया ऐया ! मरेँ मर्रे…!!
यसले दुःख पाउने भई !’
थुप्रै स्वरहरूले एवैm साथ भने–
‘हामी छौँ नि…!’
बिस्तारै बिस्तारै
उनको आवाज पनि मन्द मन्द हुँदै गयो
र चिरनिद्रामा अस्तायो सधैँका लागि !

जीवनको डोरी
च्वाट्टै चुँडिएपछि
झ्याप्पै निभ्यो– ममताको दियालो !
हृदयको चापसँगै
घडीको सुई द्रुत गतिमा चलिरह्यो
म सोचिरहन्थेँ–
‘कसरी भित्रिन्छ होला
उमेरको बारीमा बैँसालु वसन्त !

जब आए माली
फक्रिएको फूल टिप्न
तब समयले उठायो
थुप्रै असमान सवालहरू
मैले चाहिनँ
ती निरर्थक सवालहरूको उत्तर दिन
किनकि
मलाई त अर्थपूर्ण जीवन जिउनु थियो !

व्यस्त सहरका गल्लीहरूमा
म समयसँगसँगै निरन्तर दौडिरहेँ
खुट्किलै खुट्किलाका श्रेणीमा
वmेही खुट्किला मात्र वmे चढेकी थिएँ
अकस्मात ढल्यो सम्मानको भ¥याङ पनि !

ठिक त्यसैबेला
मेरा प्रियजनहरू
मेरै रगतमासुको भागबन्डा लगाइरहेका थिए !
न्याय मरेपछि
शक्तिको खेल चल्दो रहेछ
साँच्चै कठिन हुँदो रहेछ आमा !
खोक्रो अस्थिपञ्जर टिकाइराख्न !

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend