जन आकाश
(गजल)
पिंजडाको चरी खै कहाँ हो कहाँ
दिल बस्यो बन्धकी खै कहाँ हो कहाँ
खोसिएपछि खुसी हर बिहानीसँग
रातको रोशनी खै कहाँ हो कहाँ
फेरि एक्लो भयो वर यो चौतारीको
प्रेमको गौधूलि खै कहाँ हो कहाँ
मुस्कुराई रहे मात्र आँखा मेरा
लाग्यो उनकै कमी खै कहाँ हो कहाँ
भन्छ बन्छु अमर हाम्रो यो पिरती
मृत्यु रोक्ने घडी खै कहाँ हो कहाँ
रोमा लम्सालु नुरा हाल काठमाडौ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend