logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्रष्टा र सिर्जना एकादशी महाकाव्य


  • जन आकाश
  • बिहिबार, माघ ५ २०७९

तेज प्रकाश बानियाँ
पुर्व सहायक रथी नेपाली सेना



१ निष्टावान साहित्यकार तोयानाथ सुवेदीको जन्म वि सं २०१७ साल फागुन ७ गते, ओखलढुङ्गा जिल्लाको नर्मदेश्वर१ मा भएको हो । पिता डिल्ली प्रसाद सुवेदी र माता पुर्ण कुमारी सुवेदीका साहिला सुपुत्रको रूपमा जन्मनु भएका तोयानाथको बाल्यकाल माता पिताका साथ घरमा बित्यो । उहाँले कखरा घरबाटै सिक्नु भयो । पछि ६ बर्षको उेरमा गाउँको हिमगंगा निम्न माध्यमिक विद्यालयमा १ कक्षामा भर्ना हुनुभयो । र ८ कक्षा सम्म त्यहाँ अध्ययन गर्नुभयो ।

२ समयलाई अत्यन्त महत्व दिने तोयानाथले त्यसपछि काठमाडौं गएर २०३५ साल माघ २ गते सेनामा प्रवेश गर्नुभयो । फुर्सदको समयमा नक्साल स्थित नन्दी रात्री माध्यमिक विद्यालयमा अध्ययन गरेर एसएलसी उत्तीर्ण गर्नुभयो । पछि नेपाल ल क्याम्पसबाट विएल पूरागरी नेपाल कानून व्यवसायी परिषदको सिफारिसमा अधिवक्ताको उपाधि प्राप्त गर्नुका साथै श्री पुनरावेदन अदालत पाटनको सदस्यता समेत प्राप्त गर्नु भएको छ ।

गर्दै भन्दै जाँदा सेना तर्पm पेन्सन पनि भयो । २०५२ साल फागुन मसान्तमा साजीनामा दिएर चैत्रबाट पुतली सडक स्थित सेक्रेटरिएल कम्प्युटर कार्यालयमा काम गर्न थाल्नुभयो ।

३ कहीँबाट साहित्यिक कार्यक्रमको निमन्त्रणा आएमा भ्याएसम्म त्यस कार्यक्रममा उपस्थित हुने उहाँको बानी छ । काम गर्ने शैलीमा उहाँको जोस,जाँगर र हौसलामा कुनै कमी आएको छैन । सदावहार हुनुहुन्छ ।

साहित्यका विभित्र विधामा कलम चलाउने लेखकले यसलाई सोखको रूपमा लिएपनि उहाँ फुर्सदकोे समय लेखनमा ब्यस्त देखिनु हुन्छ । हाल परिवारका साथ केही वर्ष यता देखि काठमाडौंको सिनामड्ढल काँडाघारीमा रहदै, समाज सेवा र साहित्य लेखन गर्दै आउनु भएको छ ।

४ स्वस्थानाी ब्रतकथा (भजन संग्रह) सरल नेपाली भाषामा विष्णु सहस्र नाम, बाल कविता संंग्रह, प्रेमिल (गजल), चरित्र (खण्ड काव्य) गरी ६ थान पुस्तकहरू प्रकाशित गरी पाठक सामु पु¥याई सक्नु भएको छ । मेरो हातमा रहेको यो एकादशी महात्म्य, उहाँको सातौं प्रकाशित कृति हो मिती २०७९/०८/०१ गते आधुनिक साहित्य परिषदको वार्षिकोत्सब को अवसरमा बिमोचित यो एकादशी महात्म्य किताव हिन्दूहरूका लागि निकै उपयोगी सावित हुनेछ, भन्ने ठानेको छु ।

यस कितावमा पूर्विय दर्शनमा वैदिक कालदेखिको खगोलीय गणना अनुसार मानी आएका १६ तिथिहरू मध्ये सारै महत्वपूर्ण तिथि एकादशी महिमा बारे जो कोहिले बूझ्ने सरल भाषामा स्पस्ट पारिएको छ । हरेक महिनाको कृष्ण पक्षमा १ र शुक्ल पक्षमा १ गरी महिनाको २ एकादशीका हिसावले सामान्य वर्षमा २४ एकादशी र हरेक २ वर्ष ८ महिनाको हारा हारिमा पर्ने अधिक मासमा थपिने २ एकादशी समेत २६ वटा एकादशीको नाम, महिमा, पूजा विधि र विधिपूर्वक गरिने पूजाबाट मिल्ने फल समेत उल्लेख गरिएको छ ।
५ हाम्रो नेपाल भौगोलिक विकटताले गर्र्र्दा आर्थिक विकासमा भर्खर बामे सर्दै छ । तर संस्कृतिमा भने धनी छ । हाम्रो संस्कृति, रहन सहन,विना भेदभाव मिश्रित बसोवास, संस्कार एवम् सामाजिक अनुशासन, आदिको गहनता र सुक्ष्मतालाई नबुझी हिन्दू धर्र्ममा खलल पु¥याएर आप्mनो धर्म लाद्ने अभिष्ट पूरा गर्नेे उद्देश्यले पृथ्वीनारायण शाहका पालामा धर्म प्रचारको बहानामा पादरीहरू नेपाल छिरेका थिए । पृथ्वीनारायण शाह दुरदर्शी राजा भएकोले भविश्यमा हुन सक्ने अवाञ्छिनीय कृयाकलापलाई मध्य नजर राखी ती पादरीहरूलाई देश निकाला गर्न लगाए ।

६ त्यस वखत देखिनै बीचबीचमा अनेक असफल प्रयास भइनै रहे । केही नलागे पछि कतै शिक्षा, कतै भिक्षा, कतै स्वास्थ्य, कतै महिला सशक्तिकरण, कतै वर्ग उत्थान, कतै जाति उत्थान, केही न केही चारो छरेर, छारो हाल्न, नेपालको कुना काप्चामा पुगेर एन्जीओ आइएन्जीओ को नाममा जनतालाई भाडने काम भइरहेछ । हाम्रो देशमा भएको अशिक्षा, गरीबी, बेरोजगार, पछौटेपन जस्ता कमजोरीलाई हतियार बनाएर हामी माथीनै प्रहार गरीरहेछन् । यस्तो विषम परिस्थितिमा तोयानाथले हिन्दू हरूका लागि धर्म संस्कृति बचाउने र देश भक्ति जगाउने खालका पुस्तकहरू,बडो मेहनतका साथ सरल भाषमा छन्दोबद्ध गरी पाठक को हातमा पु¥याउनु भनेको पक्कै पनि प्रशंसनीय काम हो ।

७ एकादशी महिमाको किताव सबै हिन्दूहरूका लागि पठनीय छ । तर दुखःलाग्दो पक्ष के भने ठूलाबडाहरूमा संस्कृति जोगाउन चासो नहुनु,युवाशक्ति वैदेशिक रोजगारमा र शिक्षितहरू अन्य देशमा जेसुके कारणले पुगे पनि उतै टासिने प्रयास गर्नु भनेको देश हाक्नेहरूको कमजोरी र देशप्रति जनताको वितृष्णा पनि होे ।

८ यो किताव सबै हिन्दूहरूका लागि सन्देश मूलक र पठनीय छ । यसरी पस्चिमाहरूबाट योगदानको नाउँमा हाम्रो देश जताततै आक्रान्त छ ।

त्यस्तो अवस्थामा पनि आप्mनो धर्म संस्ंकृति विक्री गरिरहेछन् । यो भनेको मातृभूमि प्रति अपहेलना हो । तसर्थ लेखकले बिक्रमसम्बदको पात्रो अनुसार पर्ने, एकदशीहरूको नाम,महत्व र ती एकादशीमा लिइने ब्रत र फल समेत प्रष्ट खुलाई पाठक सामस राखेर बुझाउन गर्नु भएको प्रयासलाई म सम्मान गदछु । भबिश्यमा यसको बाँकी भाग पनि प्रकाशनका लागि छिटै अनुकूल मिलोस् भत्रे कामना गर्दछु ।नेपाली साहित्यमा लेखकको नाम चुलिदै जावोस र पाठकले पनि उहाँका कतिहरू अध्ययन गर्न अवसर निरन्तर पाउन् भत्रे आशाका साथ आजलाई यत्ति ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend