जन आकाश
काठमाडौ । फोर्स मोटर्सको आधिकारिक बिके्रता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले आफ्ना ग्रहाकहरुलाई विक्री पछिको आधुनिक सेवा सुविधा तथा पार्ट पुर्जाहरुको सेवा दिने उदेश्यले अन्तराष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ ।
उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा रिबन काटी उद्धघाटन गरेका हुन् ।
यस अगाडी चाउथेमा सञ्चालित फोर्स मोर्टसको सोरुम संचालनमा आइसकेको छ । फोर्सका ग्रहाकले सर्भिस सेन्टरमा आएर अत्याधुनिक सेवा सुविधा सहित गाडी मर्मत गर्न सक्नेछन् । करिब ७ रोपनी जग्गामा सर्भिस सेन्टर फैलिएको छ । गाडी बिक्री पछिको स्पेयर्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो छरितो र आधुनिक सेवा दिने उदेश्य राखिएको जानकारी उक्त आयाम इन्टरकन्टिनेन्टल प्राÞ.लि.का प्रबन्ध निर्देशक निरन के.सी ले जानकारी दिएका छन् ।
बिगत आठ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्राÞ.लि.ले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिप बिक्री बितरण गर्दै आइरहेको छ । साथै फोर्सका पिकअप भ्यान, स्कुल बस, माइक्रो बस तथा उच्चस्तरीय एम्बुलेन्स पनि नेपाली बजारमा लोकप्रिय छन् ।
काठमाण्डौंको गैरीधारामा तथा इटहरीमा आफ्नै शाखा रहेको छ । देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सको बिक्री तथा बिक्री पछिको सेवा उपलब्ध गराउँदै आइरहेको छ । यस आयाम इन्टरकन्टिनेन्टल प्राÞ.लि.ले फोर्स मोटर्सका नयाँ मोडलका बस तथा जिपहरु समेत नेपाली बजारमा छिट्टै ल्याउन लागेको छ भने केही समय अघि मात्रै गुर्खा ( न्ग्च्प्ज्ब्० जिप नेपाली बजारमा ल्याएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend