जन आकाश
मणि कुमार सुनुवार ।
काठमाडौ । एसियन,दक्षिण एसियाली खेलकुद र विभिन्न देशमा आयोजित प्रतियोगितामा राष्ट्रको लागि पदक दिलाउन सफल भएको र अन्तर्राष्ट्रि खेलमा पदकको सम्भवान बोकेको खेल कराँतेलाई पनि मानिन्छ ।
वि.सं २०५५ साल आठौं दक्षिण एसियालि खेलकुद (साफ) गेम देखि कराते खेललाई दक्षिण एसियालि खेलकुदमा समावेश गरिको होे । उक्त आठौं दक्षिण एसियालि खेलकुद (साफ) गेम नेपालले आयोजना गरेको थियो । आठौं दक्षिण एसियालि खेलकुद (साफ) गेम देखि १३औं साफ गेम सम्म कराँते खेलले राष्ट्रलाई पदक दिलाई रहेकोे छ । १२ औ दक्षिण एसियाली खेलकुद (साफ) गेममा कराँते खेल समावेश गरेको थिएन।
अहिले नेपाली खेलकुदमा राष्ट्रिय टिमबाट खेल खेल्ने र निकट भाविश्यमा राष्ट्रलाई पदक दिलाउन सक्ने सम्भावना भएका खेलाडी विदेश पलायन हुने लहर चलिहेको छ । यसरी खेलाडी विदेश पलायन हुदा आउदो दिनहरुमा कराँते खेलले आफ्नो साख जोगाउन मुस्कील हुने हो कि भन्ने आशंक रहेको देखिन्छ ।
यसरी दिन प्रतिदिन खेलाडी विदेसिने प्रबृतिलाईं सम्बन्धित खेल संघ र राज्यले बेवस्था गरेर चुपचाप बस्ने हो भने आउँदो दिनहरुमा अन्तर्राष्ट्रिय खेलकुदमा विगतको नतिजालाई सम्झेर चित्त बुझाउनु पर्ने हुन सक्छ । राष्ट्रिय टिममा रहेका अधिकाशं खेलाडी सुनौलो भाविश्यको खोजीमा अष्ट्रलिय, अमेरिका लगायत अन्य देशमा पुगेका छन ।
यो नेपालको खेल क्षेत्रको लागि दुभाग्य हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend