जन आकाश
काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘ पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले
अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्र कर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको छ ।
संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि
चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।
‘नेपाली सिनेमा भिलेज टु ग्लोब भन्ने नारा लिएर अघि बढेको ग्लोबल नेपाली फिल्म अवार्डले प्राबिधिक कारणले अवार्ड कार्यक्रममा भाग लिन अमेरिका जान नपाएका तर
अवार्ड बिजेता चलचित्रकर्मी, संचारकर्मी तथा स्पोन्सरहरुलाई अवार्ड सम्मान तथा मायाको चिनो प्रदान गरिएको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराएका छन् ।
अवार्ड समापन कार्यक्रममा प्रदेश सभा सदस्य माननीय मदु कुमार श्रेष्ठ, चलचित्र बिकाश बोर्डका अध्यक्ष भुवन केसी बिशिष्ठ चलचित्रकर्मी तथा कलाकारहरु निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, प्रेमराजा महत, रबिन्द्र खड्का, नवल खड्का, मोहन निरौला,शर्मिला मल्ल, बसुन्धरा भुसाल, चैत्य देबी, शर्मिला मल्ल, बिष्णु गोपाल श्रेष्ठ, नारायण प्रधान, अर्जुन जंग शाही, दिनेश डिसी, नारायण पुरी, यज्ञलाल श्रेष्ठ, छविराज जोशी लगायतका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको
ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिदैं आएको र अब आउदो ग्लोबल नेपाली फिल्म अवार्ड २०२३ को छैठौं संस्करण संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा आगामी २०२३ अगष्ट १२ तारिखमा हुने नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले घोषणा गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend