जन आकाश
बिनोद कार्की
काठमाडौ । रामेछाप काठमाडौ पत्रकार समाजको आयोजनामा दुई दिने खेलकुद पत्रकारिता प्रशिक्षण तालिम भव्यताको साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलााल घिसिंङको प्रमुख आतिथ्यमा कार्यक्रमको उदघाटन भएको हो । उदघाटनको क्रममा घिसिङले एशियान र दक्षिण एशियाली खेलकुदमा राम्रो प्रदर्शन तथा पदक पाउँने गरी रणनीतिक लगानिमा आफु जुटेको वताएका छ्न् ।
उनले खेल क्षेत्रमा गलत काम भइरहेको जानकारी पाए । गहिरो अध्ययन गरेर बाहिर ल्याउन समेत आग्रह गरे। सदस्य सचिव घिसिङले रेफ्रीहरु जसरी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल नियमसँग अपडेट हुन्छन् । त्यसरी नै पत्रकारहरु पनि खेलको नियममा अपडेट हुनुपर्ने तर्क गरे। खेलाडीलाई खेलमा प्रोत्साहन गर्न पत्रकारको भूमिका तेतिकै महत्व हुने उनको भनाई छ।
सचिव घिसिङले राम्रो खेलाडी पदकका लागी सरकारले एक करोडसम्म लगानी गर्न तयार रहेको बताए ।
पत्रकारिता क्षेत्रमा लामो अनुभव बोकेका अग्रज व्यतित्वद्धारा खेलसम्वन्धी नियम राष्ट्रय तथा अन्तराष्ट्रिय स्तरको गेमको बारेमा खेलकुद पत्रकारिता तालिम रामेछापका पत्रकारहरुलाईे कोटेश्वरमा दुईदिने प्रशिक्षण तालिम दिएको हो ।
थुप्रै मिडियाको बाक्लो उपस्थित रहेको थियो । आफ्ना अनुभव साटासाट गरी सचिव घिसिङसँग रामेछापका पत्रकारहरुले केही प्रश्न राखियका थिए । प्रश्न गर्ने क्रममा जना आकाश मिडियाका कार्यकारी सम्पादक मोहन कार्कीले रामेछापको गोकुलगंगा गाउँपालिकाको लहरे , उम्माकृण्ड गाउँपालिकाको बाम्ती भण्डारमा राष्ट्रिय स्तरको फुटबल ग्राउन्ड निर्माण गरी त्यस ठाउँबाटा दक्ष खेलाडी उत्पादन गर्न सकिने । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकालाल घिसिङलाई प्रश्न गरेका थिए । सोही प्रश्नमा घिसिङले तेस्ता ठुला चउरहरुलाई बिस्तार्रै राष्ट्रिय स्तरको गेम खेल्ने ग्राउन्ड निर्माण गर्ने र रामेछापबाटा दक्ष खेलाडी उत्पादन गर्ने समेत बताए ।,
दु्ई दिने कार्यक्रमको अन्तिम चरणमा रामेछापका वरिष्ठ गायक महेश सुनुवारले आफ्नो गायकी प्रस्तुत गरी सवैलाई नचाउँनु भयो त्यो रमाईलो माहोलसँगै कसाईले गजल ,कसैले कविता बाचन गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको हातवाट सम्पूर्ण तालिममा सभागी पत्रकारलाई प्रमाणपत्र र मायाँको चिनो वितरण गरी कार्यक्रम भव्यताको साथ समापन गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend