जन आकाश
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आगामी फेब्रुअरी १४ देखि २१ सम्म नेपालमा हुने त्रिकोणात्मक शृंखलाका लागि स्कटल्याण्डको टोली घोषणा भएको छ। रिची बेरिङटनको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा दुई नयाँ अनुहार समावेश छन् । भने पछिल्लो पटक लिग २ का बेला नामिबिया भ्रमणमा गएका एड्रीएल नेइल टिममा छैनन् ।
युवा खेलाडी ज्याक जर्भिस पहिलो पटक टिममा हटाउँदा लिएन नेयलरलाई डेभलपमेन्ट प्लेयरको रुपमा टिममा राखिएको क्रिकेट स्कटल्याण्डले जनाएको छ । प्रशिक्षक शान बर्जरका लागि स्कटल्याण्डको प्रशिक्षकको रुपमा यो अन्तिम टुर हुनेछ । यस पछि उनी समरसेटको ब्याटिङ र सहायक प्रशिक्षकको भूमिकामा देखिने छन् ।
नेपालमा हुने शृंखलामा नेपाल र स्कटल्याण्ड सहित नामिबिया समावेश हुनेछन् । हरेकले चार/ चार ओडिआई खेल खेल्ने छन् । शृंखलाका लागि नामिबिया र नेपालले टिम घोषणा गरेको छैन । नेपाल त प्रशिक्षक विहिन अवस्थामा छ । नेपाल क्रिकेट संघले अझै मुख्य प्रशिक्षक नियुक्त गरेको छैन ।
स्कटल्याण्ड लिग २ मा आफ्नो अन्तिम शृंखला खेल्दैछ । ३२ खेल खेल्दै ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको स्कटल्याण्ड आईसीसी ओडिआई विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ । नेपाल भने २४ खेलबाट १८ अंकसहित सात टिम मध्ये छैटौं स्थानमा छ । नामिबिया ३० खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend