logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा


  • जन आकाश
  • सोमबार, माघ १६ २०७९

 



काठमाडौँ ।   हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरू माझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी वडा नं १३ मोहनपुर गेटा कैलालीमा खुलेको हो ।धनगढी शाखामा कम्पनीको थ्रि एस सेवा अन्तर्गत सेल्स, सर्भिस र स्पेयर पाटपूर्जा सम्बन्धी सम्पूर्ण सेवाहरू प्राप्त गर्न सकिनेछ ।

शाखा विस्तारसँगै नेपालको सर्वाधिक बिक्री हुने हुन्डाइको एक्स्काभेटरहरू, चट्टान तथा अरू हेभि पद्धार्थ फुटाउनका लगि जिसुङ र रामर ब्रान्डका हाइड्रोलिक रक ब्रेकरहरू, साथै विश्वको नम्बर एक एम् बि बकेट क्रसर पनि त्यहाँबाट सहज रूपमा खरिद गर्न सकिने छ । यस सँगै निर्माण व्यवसायी तथा इक्विप्मन्ट अपरेटरहरूले भरपर्दो हेभि इक्विप्मन्ट किन्न टाढा गइरहनु पर्ने छैन ।

साथै हेभि इक्विप्मन्टको मर्मत तथा पार्टपूर्जा पनि धनगढी शाखाबाटै सहज रूपमा प्राप्त गर्न सकिने छ । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट, नेपालको हेभि निर्माण उपकरण बजारमा महत्वपूर्ण हिस्सा ओगटेको कम्पनी हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend