जन आकाश
काठमाडौ । दक्ष जनशक्ति र गुणस्तरीय निर्माण सामग्रीको पहुँच घरघरमा पुर्याउने लक्ष्य सहित नेपालको सबैभन्दा कुशल उत्पादकको रुपमा परिचित हुन नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालि ले आफ्ना उत्कृष्ट उत्पादनहरु बजारमा ल्याएको छ ।
घर निर्माण गर्दा निर्माण सामाग्री विशेष गरी सिमेन्ट तथा बालुवाको गुणस्तरमा पर्याप्त जानकारी नहुने समस्या विद्यमान रहेको छ । माटो, स्लिट तथा अन्य अनावश्यक वस्तुहरु मिसिएको बालुवाको प्रयोगले मिश्रण बलियो नहुनु, दक्ष जनशक्तिको अभाव, मिश्रणमा एकरुपता नहुने, ढुवानी तथा भण्डारणको समस्या, निर्माण कार्य समयमै पुरा गर्न नसकिने, भविष्यमा संरचनाबाट पानीको चुहावटको समस्या, क्र्याकको समस्या तथा अन्य निर्माण कार्य सम्बन्धित समस्याहरु समाधान गर्न नेपाल वाल प्लास्टले आफ्ना उत्पादनहरु बजारमा ल्याएको हो ।
निर्माण र उत्पादनको क्षेत्रमा लामो अनुभव हासिल गरेको व्यवस्थापन टोलीद्वारा स्थापित यस नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिले बालकुमारी हार्डवेयर नैकापको सहकार्यमा कम्पनीको म्यासकट अनावरण तथा उत्पादनहरुको अभिमुखीकरण कार्यक्रम आयोजना गरि कम्पनीले जानकारी दिएको छ । चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्य तथा उपप्रमुख बसन्ती श्रेष्ठको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको सो अनावरण कार्यक्रममा कम्पनीका संचालकहरु, डिलर, इन्जिनियर तथा निर्माण कर्ताहरु गरी १८० बढीको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
अत्याधुनिक कारखानामा इटालियन उच्च प्रबिधि तथा कम्प्युटराइज्ज प्रणाली र अनुभवी दक्ष प्राबिधिक जनशक्तिद्वारा उत्पादित हुने वालप्लास्ट, इटालियन वर्नरको साथ थ्री रिट्र्न सिलिङ ड्रायर भएको पुणर् स्वचालित प्लान्टबाट १०० प्रतिशत, धुलो माटोरहित ग्रेडिङ गरिएको बालुवा, अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट र विशेष पाउडर तथा अन्य सामग्री मिश्रण गरि निर्माण गरिएको तयारी मोर्टार नेपाली निर्माण बजारका लागि नौलो उत्पादन रहेको कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend