जन आकाश
बिनोद कार्की
काठमाडौ । पछिलो समय नेपाली संगितिक क्षेत्र फराकिलो बन्दै गएको छ । त्यस्तै संगितिक क्षेत्रमा पछिलो समय एक पछि अर्को गरेर गितहरु आउनेक्रम बढेसंगै कलाकारले नयाँ नयाँ गितहरु सार्वजानिक गरेका छन् ।
सोही क्रम्मा चर्चित गायक बिनोद दनुवार र शान्ति श्री परिवारको आवाज रहेको कहिले गछौ बिहे नाच्नहतार भइसक्यो गीत बजारमा सार्वजानिक भएको छ । उक्त गीतको संगीत अर्जुन पोखरेलले गरेका छन् । दिग्गज धौरालीको शब्द, रहेको गीत चर्चित मोडल बिजय पुन( पत्थरको मुटु ) आभा थापा , निर्मला कुमारी खत्री र गायक स्वंयमको अभिनय भिडियोमा आकर्षक रुपमा देख्न पाइन्छ ।
हुन्त गायकका यस अघि पनि थुप्रै गीतहरु बजारमा सार्वजानिक भएका छन् । केही गीत चर्चाको शिखरमा छन् । केही गितले इतिहाँस बनाएको छ । केही समय अघि मात्रै जन आकाश पत्रिकका सम्पादक मोहन कार्कीको शब्द र बिनोद दनुवारको आवाज रहेको स्वदेशी गाना बजारमा सार्वजानिक भएको थियो । सोही गीत स्रोता दर्शकले अत्यन्तै रुचाइदिएका थिए।
गायकका थुप्रै गीतहरु बजारमा चर्चामा रहेसँगै गायकको गीत संगीत क्षेत्रमा पनि तेतिकै मेहनत र संर्घष रहेको छ । धेरै संर्घष पछि कलाकारी क्षेत्रमा दर्शकको मन जित्न सफल भएको गायक दनुवारले जन आकाश मिडियासँग बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend