जन आकाश
काठमाडौ । वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतिय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्य सहित नेपालको लागि टाटा मोटर्सको एक मात्र अधिकृत विक्रेत सिप्रदी ट्रेडिङ प्रा. लि. र टाटा मोटर्स् को सह–आयोजनामा नेक्सन् इभी रेन्ज टेस्ट २०२३ प्रदर्शनात्मक कार्यक्रम बुटवल–भैरहवामा सफलता पूर्वक सम्पन्न गरिएको छ । नेक्सन इभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो ।
बुटवल–भैरहवा सडकमा ३९ किमी सम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौँको सलिम श्रेष्ठको ३४७ कि. मि रेञ्ज लाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवरनिकाल्न सफल भई प्रथम हुनु भयो । ३८७ किमि रेन्ज निकालेर गोपाल शर्मा दोश्रो हुन सफल हुनु भयो त्यसै गरी ३७८ किमि रेन्ज निकाल्न सफल सुवोध भट्टराई तेस्रो स्थानमा रहनु भयो । कार्यक्रममा सहभागी मध्ये २२ जनाले ३०० किमि रेन्ज भन्दा बढी निकाल्न सक्नु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend