जन आकाश
काठमाडौ । आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफको दुई जुरी कमिटीमा दुईजना नेपाली कलाकर्मी मनोनित हुनु भएको छ ।
निफ’को जुरीमा चर्चित अभिनेत्री प्रियंका कार्की फिचर तर्फको जुरी सदस्यमा र माया एकेडेमीका इन्द्र लाल बलामी छोटा र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएका छन् । कार्की यस्ती अभिनेत्री हुन् ।जसले दर्जनौं चलचित्रमा अभिनय गरेर लोकप्रियताको शिखर चुम्न सफल छिन् ।
त्यसैगरी माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक निर्देशक इन्द्र लाल बलामी चलचित्रको प्राविधिक पक्षलाई स्तरीय बनाउन तारिफ योग्य भूमिका निर्वाह गर्दै आएका छन् । यस बर्ष निफमा छानोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend