logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

खाडादेवी गाउँपालिकामा माविस्तरीय राष्ट्रपति रनिङ शील उदघाटन, तीनदिनसम्म प्रतिस्पर्धा हुने


  • जन आकाश
  • शुक्रबार, माघ २० २०७९

रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका भित्रका माविस्तरीय पाचौ राष्ट्रपति रनिङ शील मितिः २०७९ माघ २० गते पालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठद्धारा उदघाटन गरी शुरु भएको छ । पालिकास्तरका जनप्रतिनिधि जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, सुरक्षा निकायका पदाधिकारी, पालिकास्तरका अभिभावक, सर्वसाधारणको उपस्थितिमा खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले कार्यक्रमको व्यानरमा लेखिएको “राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद”खाँडादेवी गाउँपालिका अन्तर मा.वि ५औ राष्ट्रपति रनिङ शील प्रतियोगिता २०७९ माघ २० देखि २२ गतेसम्म भन्ने बाक्याश पढेर उदघाटन गरेका हुन् ।



कार्यक्रमको आयोजना खाँडादेवी गाउँपालिका खेलकुद विकास समितिले गरेको हो भने व्यावस्थापन सोही पालिकाको शिक्षा शाखाले गरेको हो । प्रयोजक स्वयम गाउँपालिका रहेको छ । उद्घाटनको अवसरमा सहभागी माविहरुले आ–आफ्नो कला, सीप, क्षमता प्रस्तुत गर्दै मार्चपास गरेका थिए । उक्त मार्चपास जसले राम्रो गर्छ उसैलाई प्रथम, द्धितिय,तृतिय, सानत्वना पुरुस्कार राखिएको हुनाले निक्कै मेहेनतका साथ विद्यार्थीहरुले स्टाचु, मार्चपासमा देखाउने पर्ने कला आफुले जानेको जति सवै क्षमता प्रस्तुत गरेका थिए । प्रथम हुने जिएन बो मावि माकादुमलाई रु ४०००, द्धितिय हुने कृष्ण मावि किम्बुलाई रु ३०००, तृतिय हुने प्रगतिशील मावि भिरपानीलाई रु २०००, सानत्वना प्रप्त गर्ने बिष्णु जनज्योति माविलाई रु १००० पुरुस्कार प्रतिस्पर्धा गराएकै केही छिनमा कार्यक्रमका प्रमुख अतिथिको हातवात वितरण गरिएको थियो । कार्यक्रमको स्वागत मन्तव्य खाडादेवी गाउँपालिका खेलकुद विकास समितिका सचीव प्रेम श्रेष्ठले गरेका थिए । कार्यक्रमको अध्यक्षता गणेश बज्र लामाले गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले सम्बोधन गर्दै“हामी सवै आफ्ना नानीहरु उत्कृष्ट हौउन भन्ने चाहान्छौ । त्यैले सवैभन्दा पहिला स्वास्थ्य रहनु पर्दछ । स्वास्थ्य रहन उचित आवश्यक पौष्टिक आहार र असल सस्कार भएको अविभावकको आवश्यक पर्दछ साथै उच्च मनोवलको आवश्यक पर्दछ । त्यो भनेको खेलकुद नै हो । त्यसैले हामीले यस पालिका भित्र खेलकुद मैदान भरखरै बनाई सकेका छौ । यहा स्वस्थ प्रतिस्पर्धा गरी पालिका मात्र नभएर जिल्ला राष्ट्रलाई नै टेवा पुग्ने खेलकुदको सपना हामीले देखेका छौ । सवैले यस अभियानमा साथ दिनुहुने छ भन्ने विश्वास लिएको छु । ” भन्दै अविभावक, विद्यार्थी खेलाडी, शिक्षक सवैलाई समेट्ने गरी सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा गीत, नृत्य प्रस्तुत गरिएको थियो भने आजनै दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा जिएन बोडिङ मा.विले भारती माविलाई पराजित गरेर खाता खोलेको छ । बाकी खेलहरु भोलि २१ गते र २२ गते हुनेछन् । खेलका विजयी समुहरुलाई भव्य कार्यक्रम गरी पुर्व बागमती प्रदेश आर्थिक तथा योजना मन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य कैलास ढुङगेलले गर्ने कार्यक्रम रहेको छ ।
समापन कार्यक्रमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचीव टंकलाल घिसिङ(टलक) आउने भनिए पनि निश्चित नभएको आयोजकले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend