जन आकाश
काठमाण्डौ । यसश्वी कवि तथा उपन्यासकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा भव्य कार्यक्रमको आयोजना गरी मासिक रचनावाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा तल्लीन रही नेपाली साहित्यमा विशिष्ट योगदान दिएका साहित्यकार प्रा. डा. लक्षमण प्रसाद गौतमलाई प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा लीलाध्वज स्रष्टा सम्मानले सम्मानित गरिएको हो ।
उक्त कार्यक्रममा रामप्रसाद पन्तलेले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित भएका साहित्यकार प्रा. डा.लक्षमण प्रसाद गौतमको विषयमा संक्षिप्त प्रकाश पार्नुका साथै साहित्य कलाको माध्यमबाट जीवनमा विशिष्ट सन्तुष्टि प्राप्त हुने विचार व्यक्त गर्दै उपस्थित सबैलाई न्यानो स्वागतका साथ संस्थागत गतिविधि र कार्यक्रमबारे प्रकाश पारेका छन् ।
सम्मानित स्रष्टा गौतमले लीलाध्वज थापाले नेपाली साहित्यका क्षेत्रमा उपन्यास, नाटक, हांस्यव्यङ्ग्य, कविता आदि लेख्नुका साथै उनको उपन्यास संख्यात्मकभन्दा गुणात्मक भएकाले नै आम पाठकहरूमा चर्चित हुनुका साथै समाजमा ब्याप्त विकृति विसंगतिलाई नङ्ग्याउन सफल रहेकाले नेपाली साहित्यमा विशिष्ट पहिचान बनाउन सफल भएको बताए । प्रतिष्ठानले हरेक महिना साहित्यिक कार्यक्रम गर्ने गरेको सुन्दा अत्यन्त खुशी लागेको गौतमले बताए । सम्मान पुरस्कार भनेको ठूलो सानो हुँदैन, श्रद्धाले गरेको सबै ठूलो हुन्छु उनले भने ।
लीलाध्वज थापाका उपन्यासका कथावस्तु महिला हिंसाविरुद्ध उभिनुका साथै विकृत समाजका कार्यहरूमा प्रहार गरिएको मन उपन्यासले २०१४ सालमा नै प्रथम पटक मदन पुरस्कार प्राप्त गरेको थियो । त्यस्ता साहित्यकारको नामबाट स्थापना भएको प्रतिष्ठानबाट सम्मानित हुन पाउँदा आफूलाई गर्व लागेको बताउँदै अध्यक्ष विजयध्वज थापा लगायत प्रतिष्ठानप्रति आभार व्यक्त गरेका छन् ।
प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष थापाले सम्मानित स्रष्टाको नेपाली भाषा, साहित्यका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान रहेको बताएका छन् ।
अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म ७३ अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले सम्मानित भएको जानकारी दिए ।
कार्यक्रममा मुकुन्द न्यौपाने, रत्न विरही घिमिरे, विजयध्वज थापा, राजेन्द्र खनाल, रुद्र अधिकारी, उत्तम विचार, सुन्दर बहादुर खडका, लव खडका, कृष्णदेव रिमाल, वासुदेव गुरागाईं, जयराम विडारी, रूची सत्याल, शान्ता पोख्रेल, दुर्गा अधिकारी भमरकोटे, तिलक लुइटेल, उषा केसी, प्रा। नारायणप्रसाद कट्टेल, शान्ति शर्मा, रविन्द्र आशिष शैली, वासुदेव ठकुरी, राजेशमान केसी, नारायण नेपाल, प्रमोद भण्डारी राजबाबु श्रेष्ठ सागर,टिएन भट्ट विश्वामित्र, तोया गौतमले आआफ्ना रचना वाचन गरेका थिए ।
सो कार्यक्रम स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका आकर्षक ढङ्गले निर्वाह गरेका थिए । वाचन गरिएका रचनाकारलाई कदरपत्रले सम्मान गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend