logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कलम रमाएको छ


  • जन आकाश
  • आइतबार, माघ २२ २०७९

कलम रमाएको छ



बुरुक्क बुरुक्क उफ्रदै रमाएको छ कलम
थुप्रै मनोविनोदका कुरा संझेर
पुलकित भएको छ
मायाले ओतप्रोत देखिएको छ
आवश्यकता भन्दा प्रफुल्लित छ
मेरै औलाहरू समाएर
कोरा कागजमा इन्द्रेणी पैया लगाए झै दौडदै छ
मलाई फकाएर कलम
पुर्याउन खोज्दै छ कविताको गाउँ

कलमको निबले
प्रेमिल स्पर्श गर्दैछ मस्तिष्कमा
बिर्को हात फ‌ैलाएर अङ्कमाल गर्न खोज्दै छ
छातीमा चपक्क टासिंएर न्यानो दिदै छ
कलम पग्लिएर पगाल्दै छ मेरो भावना

कलम वासन्ती बतास बोकेर
लेख्न खोज्दै छ स्वतन्त्रताको गीत
कलम माटो खनेर
फलाउँदै छ विचारको बाली
भूइंकुहिरो च्यातेर
कलम घाम बनेर उदाउँदै छ
साच्चै आज कलम रमाएको छ

सप्तक स्वर(लहरी भरेर
बाँसुरी बजाउँदै छ कलम
मनभित्र दन्केको आगोको लप्काहरू निभाउन
नदीको प्रवाह जस्तै बग्दै छ कलम
खुसिको नौरङ्गी मसी भरेर
षोडशी तालमा नाच्दै छ कलम
चौपट्टै रमाएररहर्ष विभोर भएर
कलम तिम्रो नाममा लेख्दै छ
एउटा विशिष्ट प्रेम पत्र ।

( ऋषभदेव घिमिरे
ललितपुर,गोदावरी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend