जन आकाश
काठमाडौ । वेद विज्ञ तिलकप्रसाद लुइँटेल र कवि कलानिधि दाहालको विशिष्ट आथित्य र गंगा लिगल विशेष अथिती रहेको राष्ट्रिय सुसेली मञ्च नेपालको ३५ औ कार्यक्रम स्रष्टा साँझ अमेरिकाको सहकार्यमा सहिदको सम्झना गर्दै सम्पन्न भएको छ । मञ्चकि उपाध्यक्ष सुशीला ढकाल अधिकारीले स्वागत मन्तव्यबाट सुरु गरि सन्चालन गर्नु भएको थियो ।
फेसवुकमा समेत प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रम १२ जना उत्कृष्ट कवि साहित्यकारहरूको उपस्थितिमा संचालन भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि कलानिधी दाहालले सोही दिन उपस्थित सबै कवि साहित्यकारहरूले सुसेली प्रति समर्पित रहेर अनुप्रास मिलाएर सहिदको सम्झनामा सुसेली लेख्नु र गाउनु भएकोमा अत्यन्तै खुसी लागेको बताउनु हुँदै आफूले रचना गरेका १० वटा सहिदहरू सम्बन्धि सुसेली गाएर सुनाउनु भयको थियो ।
अर्का विशिष्ट अतिथि वेद ज्ञाता तिलकप्रसाद लुइँटेलले सबै कविहरूका सुसेलीमा समिक्षात्मक टिप्पणी राख्दै सहिद शब्द नै सस्तो हुँदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो र सहिदमा समर्पित सुसेलीहरू वाचन गर्दै सच्चा सहिदहरू प्रति श्रद्धाञ्जली दिनुभयको थियो ।
यसैगरी विशेष अतिथि गंगा लिगलले सुसेली मञ्चलाई शुभकामना दिँदै सहिदको सम्झनामा आफूले रचना गरेका १० सुसेलीहरू वाचन गर्नु भयको थियो ।
अन्य सहिदमा समर्पित सुसेली गायन/वाचनमा सहभागी अतिथि कवि सुसेलीकारहरूमा पवन कुमार बुढाथोकी, उर्मिला पन्त पान्डेय, चन्द्रा न्यौपाने, द्वारिका कुइकेल, पुनम घिमिरे, घनश्याम पौडेल, वासुदेव ठकुरीले सुसेली गाएर सुनाउनुभयको थियो ।
अन्तमा सभापति दुर्गा अधिकारी भ्रमरकोटेले सुसेलीको ३५ सौँ कार्यक्रममा उपस्थित सहभागी र सहयोगी सबै कवि साहित्यकारहरूमा धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूमा श्रद्धाञ्जली अर्पण गर्नुभयो र अर्को महिना नारी दिवस विशेष सुसेली कार्यक्रम भौतिक उपस्थितिमा गर्ने प्रयास भइरहेको जानकारी दिँदै कार्यक्रम को सहकार्यको लागि स्रष्टा साँझ अमेरिका र संयोजक पवनकुमार बुढाथोकीलाई धन्यवाद दिएर कार्यक्रमको समापन गर्नुभयको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend